घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची ८ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले देश निर्माणको परिकल्पना नेपाली कांग्रेससंग भएकोले नेपाली कांग्रेस जस्तो सहिष्णु पार्टीले चुनाव जित्दा सबै नेपालीको जित हुने बताउनुभएको छ ।
अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्वर २ को खिदीममा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महिला नेतृ भुसालले अबको १० वर्षमा देशको मुहार परिवर्तन गरेर मुलुकलाई समृद्ध बनाउन सबै दललाई एकै स्थानमा ल्याउन सक्ने मध्यमार्गी पार्टी कांग्रेस भएकोले कांग्रेसलाई जिताउनु आवश्यक भएको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता तथालोकतान्त्रिक गठबन्धनका उम्मेद्धार डाक्टर रामबहादुर विसीले प्रकृतिको अनुपम उपहार पाएको हाम्रो देश राजनीतिक अस्थिरताका कारण समृद्ध हुन नसकेको बताउनुभयो । उहाँले अर्घाखाँचीको विकासका लागि कांग्रेस मात्र सक्षम रहेको बताउनुभयो ।
प्रदेस सभा २ का उम्मेद्धार हिम्मत बहादुर टण्डनले अहिलेसम्म प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक संबृद्धि तर्फ लैजान काँग्रेसको जीत आवश्यक भएको बताउनु भयो । उहाले आम नागरिकको मन जित्न कांग्रेसले मात्र सक्ने भएकाले आफुलाई यसपालीमा धेरैै मत दिएर जिताउने बताउनु भयो ।
कार्यक्रममा पाणिनि गाँउपालिकाका अध्यक्ष तथा कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतम, महाधीवेसन प्रतिनिधि तथा युवा नेता इन्द्रमणि पौडेल, खिदिम सभापती विष्णु अर्याल लगाएतका कांग्रेस नेताहरुले मन्तव्य राख्दै कांग्रेसको जित अपरिहार्य रहेको बताएका थिए ।
यस्तै नेपाली कांग्रेसका नेता तथा प्रदेस सभा निर्बाचन क्षेत्र नम्वर १ का उम्मेद्धार बिष्णु प्रसाद खनाल मुस्कानले कृषि क्रन्तिको माध्यमबाट जिल्लामा रोजगारी सृजना गर्न सकिने बताउनु भएको छ ।
उहाँले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताउनु भयो । भगवतीका बिभिन्न स्थानमा भएका चुनावी प्रचार प्रसार कार्यक्रमलाइ सम्बोधन गर्दै नेता मुस्कानले लोकतन्त्रको रक्षाको लागि कांग्रेसको जीत अपरिहार्य भएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका महासमिति सदस्य केसव श्रेष्ठ, क्षेत्रीय उपसभापति कृष्ण बेल्बासे, सचिव तारा फुल्लेल, नेविसंघका केन्द्रिय सदस्य टंक पाण्डे, लक्ष्मण पन्थी, पुर्ब अध्यक्ष मेघराज पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियो ।