अन्तत अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाले बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट हाल्ने

Image result for राष्ट्रिय जनमोर्चा टोपबहादुर रायमाझी

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा अर्घाखाँची प्रतिनिधि सभाको उम्मेद्धारी फिर्ता गरे लगतै मौन रहेता पनि अन्तत बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट हाल्ने भएको छ ।
स्रोतले अर्घाखाँचीडट्कमलाई बताए अनुसार अर्घाखाँची जिल्लाका राष्ट्रिय जनमोर्चाका मतदाताले बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई जिताउन भोट हाल्ने भएका हुन् । तर प्रदेश सभा क्षेत्र नम्बर १ मा सागर के. सी र प्रदेश सभा क्षेत्र नम्बर-२ मा झबिलाल थापाको उम्मेद्धारी यथावत रहेको छ । 
साथै स्रोतले बताए अनुसार प्रतिनिधि सभामा उम्मेद्धार बनेका शेरवहादुर बिसीले उम्मेद्धारी फिर्ता लिएकोमा पार्टीले पछुतो गरेको छ । बिसीले उम्मेद्धारी फिर्ता लिएर प्रदेश सभामा माओवादी एमाले गठबन्धनसँग कुनै एक प्रदेश राष्ट्रिय जनमोर्चालाई दिन भनी विभिन्न चरणमा वार्ता भएता पनि सफल हुन सकेको थिएन् । 
उता नेपाली कांग्रेसले पनि राष्ट्रिय जनमोर्चालाई विभिन्न चरणमा आफ्ना प्रतिनिधि सभा उम्मेद्धार डाक्टर राम बहादुर बिसीलाई समर्थन गर्न आग्रह गर्दै छलफल, बैठक गरेता पनि त्यो प्रयास सफल हुन सकेन ।  
यस अगाडि कार्त्तिक २८, मंगलवार आफ्ना चुनाबी कार्यक्रम तथा प्रतिबद्धतापत्र  सार्बजनिक गर्दै राष्ट्रिय जनमोर्चाले केन्द्रिय सहमति अनुसार प्रतिनिधि सभामा उम्मेद्धार बनेका शेरवहादुर बिसीको उम्मेद्धारी फिर्ता लिएको तर भोट कस्लाइ दिने भन्ने बिषयमा छलफल नभएको जानकारी दिएका थिए । 
अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चा कांग्रेस, एमाले पछिको तेस्रो शक्ती हो । पटक पटकको विभाजन पछि माओवादी केन्द्रको पछील्लो अवस्था जिल्लामा निकै कमजोर रहेको छ । तर पनि एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरे अनुसार प्रतिनिधि सभा टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन), प्रदेश सभा क्षेत्र नम्बर १ चेतनारायण आचार्य ( नेकपा एमाले ) र प्रदेश सभा क्षेत्र नम्बर-२ रामजी प्रसाद घिमिरे ( नेकपा एमाले ) संयुक्त रुपमा उम्मेद्धारी दिएका छन् । 

अन्य समाचारहरु