प्रदिप नेपाली
खाकाबेसी खाेला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा दोस्रो चरण अन्तरगत मंसिर २१ हुन गैइरहेको निर्वाचनमा बाम गठबन्धनका उम्मेद्द्वारहरु यातायात सुविधा नभएका गाउँ – गाउँमा पैदल हिडेर घरघरमा भाेट माग्दै हिंडेका छन् ।
यसरी पैदल हिडेर घरघरमा भाेट माग्न संयुक्त बामगठबन्धन अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ उम्मेद्द्वार चेतनारायण आचार्य भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ खाकाबेसी खाेलामा पुगेका हुन् ।
अन्य उम्मेद्द्वार यातायात सुविधा लिई चुनावमा भोट् माग्दै हिंडेता पनि आचार्य गाउँ – गाउँमा पैदल हिडेर घरघरमा भाेट माग्दै हिंडेका छन् ।
आचार्य परिवर्तन विकास र समृद्धिकाे लागि बामगठबन्धनलाई मतदान गर्न अावहान गर्दै जनताकाे घरघरमा पुगेका छन् । यस पटक अर्घाखाँचीबासीकाे लागि सुनाैलाे अवसर अाएकाेले बामगठबन्धनमा मतदान गरि अवसर लिन अनुराेध गर्दै आएका छन् ।