अर्घाखाँचीमा बाम गठबन्धनका उम्मेद्द्वारहरुलाई भ्याई नभ्याई, अाफु उपस्थित हुन नसकेपछि पत्र मार्फत सन्देश पठाए चेतनारायण आचार्यले (तस्बिर भिडियो सहित )

प्रदिप नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा दोस्रो चरण अन्तरगत मंसिर २१ हुन गैइरहेको निर्वाचनमा बाम गठबन्धनका उम्मेद्द्वारहरुलाई भ्याई नभ्याई भएको छ ।
यस्तै अाज शनिबार सन्धिखर्क चुत्राबेशीमा बामगठबन्धनकाे अायाेजित चुनावी सभा कार्यक्रमा (मालारानि गाउँपालिकामा) पृर्व निर्धारित कार्यक्रम का कारण  व्यस्त भएपछि सन्धखर्ककाे  चुनावी सभामा उपस्थित हुन नसकेपछि प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार चेतनारायण आचार्यले पत्र सन्देश पठाएर सभामा उपस्थित  जनतालाई गरेका छन् । उनले सन्देश पत्र मार्फत बामगठबन्धनलाई मतदान गर्न अनुराेध गरे ।
साथै बाम तालमेल देश र जनताकाे अाबश्यकता भएकाे र याे अवसर नेपाली जनताकाे निम्ति विकास र समृद्धिकाे लागि अवसर भएकाे बताए । म तपाईकाे माया र स्नेहाले क्यान्सर, मुटु राेग, मभुमेह लागायत खतरनाक राेगवाट बाचेर तपाईहरुकाे विचमा सेवाकाे निम्ति उपस्थित हुन पाएकाे छु । देशकाे अामुल परिवर्तन गरि देशलाई विश्वमै विकसित मुलकवाट परिचित गराउने अभियानमा साथ दिनुहुन अनुराेध गरे ।
यस्तै जिल्लाकाे समग्र विकास र समृद्धिकाे लागि अाफ्नाे अमुल्य मत बामगठबन्धनलाई दिनु भन्दै पत्र मार्फत सन्देश पठाएका थिए । उक्त सन्देश पत्र कार्यक्रम सञ्चालक श्रीकृष्ण भुसाल पढेर सभामा उपस्थितलाई सुनाएका थिए ।
यस्तै कार्यक्रमलाई प्रतिनिधि सभा उम्मेद्वार टोप बहादुर रायमाझी र प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्द्वार रामजी घिमिरेले सम्बोधन गरेका थिए ।
खनमा चेतनारायण आचार्य

अन्य समाचारहरु