नविन केसी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची बाम गठबन्दन क्षेत्रनम्वर १ अर्घाखाँचीले जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ३ र ४ का बिभिन्न स्थानमा चुनावी सभा सम्पन्न गरेको छ । सभामा नेपाली कांग्रेस पार्टी परित्याग गरि बाम पार्टिमा प्रबेश गर्नेहरुको लहर चलेको छ ।
खनको मखताबाट काग्रेस परित्याग गरि नारायण पोख्रेलको नेतृत्वमा १३ जना युवा प्रबेश गरेका छन । खन २ लुटिपोखरिमा पतिराम खनाल , लाल ब बिक , यम ब बिक , किसन बिक , पदम बिक , रमेश बिक , कमला बिक , भबिकला बिक , पुस्पा बिक , कमला बिक लगायतका ३० जना प्रबेश गरेका छन ।
यस्तै खन बडाचौरमा नारायण पोख्रेल , बिष्णु प्र पोख्रेल , गिता पोख्रेल , कमला पोख्रेल , हरि प्र पोख्रेल , दिप नारायण पोख्रेल , मधु पोख्रेल , पदम खनाल , सरस्वती खनाल , शान्ता पोख्रेल लगायतका दर्जनौ बामगठबन्दमा प्रबेश गर्नु भएको छ । खनदहको अधेरीपोखरीमा मिना गौतम र बसन्ता गौतम सहित १२ जना र खनदह बजार बाट पनि ३८ जना नेपालि काङ्ग्रेस परित्याग गरि बामगठबन्दनमा प्रबेश गरेका छन उनिहरुलाई प्रदेश सभाका १ का उम्मेदवार चेतनारायण आचार्य र माओबादी केन्द्रका नेता चन्द्रबहादुर खड्का उज्जवले टिका माला लगाई स्वागत गरेका छन ।
यसरी प्रबेश गरे संगै नेपालि काग्रेसलाई खन र खनदहमा चुनाबको मुखमा झटका लागेको छ । नेपालिकाग्रेसको तर्फबाट प्रदेश सभा क्षेत्रनम्वर १ का उम्मेद्वार बिष्णुखनाल मुस्कानको गाउँबाट काग्रेस पार्टि छाड्दै गठबन्दनमा प्रबेश गर्नुले काग्रेसलाई कमजोर साबित गर्दर्छ । यसो त स्थानीय चुनाबमा काग्रेस मालारानी गाउँपालिकामा शुन्य भएको छ । यस पालिकाको एउटा पनि वडामा रुख चिन्ह लिएर वडा सदस्य तथा केही वडाको वडा अध्यक्षमा जमानात समेत जफत भएको थियो ।
कार्यक्रम्मा मन्तव्य राख्ने बक्ताहरुले बाम गठबन्दनको जित सुनिश्चित भएको बताएका छन । जिल्लाका ठुला दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओबादी केन्द्र बिच भएको चुनाबी मोर्चा र चुनाबमा आएको उत्साहले बिजयको सुनिश्चित भएको नेताहरुको भनाई रहेको छ । नेपालि कांग्रेसलाई पटक पटक चुनाब जिताएर पठाएपनि काग्रेसले देश जन्ताको पक्षमा काम गर्नुको साट्टो
घाति र जनघाति काम गरेको भन्दै बक्ताहरुले राष्ट्रियता ,लोकतन्त्र ,सामाजीक न्याय ,समानता ,सामाजीक सद्भाब , राष्ट्रिय एकताको ,शान्ति स्थाईत्व ,बिकाश र सम्बृद्धिकोलागी बाम गठबन्दनका उम्मेद्धवारहरुलाई भारि मतका साथ बिजयी बनाउन आग्रह गदै गठबन्दनमा प्रबेश गर्नेहरुलाई उचित जिम्मा दिने बताए ।
कार्यक्रम्मा मन्तव्य राख्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्जवलले नेपालि काग्रेस भित्रको पुरातनबादी सोच मुलुक अग्रगमनको निम्ति बाधक रहेको बताउनु भयो । राजतन्त्रको धङ्गधङ्गीबाट गु्रजिएको काग्रेसलाई आफुहरुले जबरजस्ती संबिधान सभा ,गणतन्त्र र जनसंबिधान निमार्ण सम्म ल्याएपनि संबिधान कार्यन्वयनको समयमा काग्रेसले आफनो सक्कली चरित्र देखाएर जनतालाई धोकादिएको उहाँको आरोप छ । खड्काले आफु सरकारमा बस्दा एउटा पनि बिकाश निर्माणको काम गर्न नसकेको काग्रेसले बाम पन्थीहरुले गरेको बिकाशलाई पचाउन नसकेको बताउनु भयो । गत स्थानीय तहको निर्बाचनमा माओबादी केन्द्रले काग्रेस संगको सहकार्य नगरेको भए कागं्रेसले चुनाबनै हुन नदिने र जनताले रगतले साटेको संबिधान कार्यन्वयनमा अबरोध पुयाउने थियो भन्दै उहाँले स्थानीय तहको चुनाबमा काग्रेस संग गरिएको चुनाबि तालमेल मट्टितेलमा पानी मिसाए जस्तो अस्वभाबिक भएको बताउनु भयो ।
कार्यक्रम्मा मन्तव्य राख्दै नेकपा एमालेका अध्यक्ष तथा संयुक्त बाम गठबन्दन प्रदेश सभा क्षेत्र न १ का साझा उम्मेदवार चेतनारायण आचार्यले गरिबी ,अभाब ,पछौटेपन ,भेदभाब र असमानताको अनत्य गर्नको लागी बाम गठबन्दनको पक्षमा मतदान गर्न आग्रह गर्नु भयो । जिल्लाको बिकाश निर्माणका लागी आफु निरन्तर लाग्ने र जनताको सेबक भएर काम गर्ने बताए । आचार्यले जिल्लाको ग्रामिण क्षेत्रमा अहिले पनि महिला तथा बालबालीकाको जिबनस्तर अत्यान्तै कष्टकर भएको भन्दै बाम पन्थी गठबन्दनको सरकारले महिलालाई स्वरोजगारी ग्यारेन्टी गरि बालबालीकाको पोष्ण ,शिक्षा र स्वास्थयको ग्यारेन्टी हुनु पर्ने बताए ।
कार्यक्रममा माओबादी केन्द्रका सहसंयोजक तथा प्रदेश सभा समानुपाति उम्मेदवार छमकुमारी खनाल चिनारी लगाएतले मन्तव्य राख्दै गठबन्दनको पक्षमा मतदान गर्न आग्रह गदै मंसिर २१ पछि नयाँयुगको थालनी हुनेसमेत दाबि गर्नु भयो ।