सन्धिखर्कको कुरमा फेरि बाघले बालिका माथि अाक्रमण गर्‍यो (तस्बिर सहित)

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ को कुर पल्लाबारीमा बाघको अाक्रमण बालिका गम्भीर घाइते भएकी छन् । 
कुर पल्लाबारी निवासी मधु दमासेकी ४ वर्षिया छोरी   परि दमासेलाई साँझ नपर्दै बाघको अाक्रमण गरेको हो ।  परि  ढेढ बर्ष पहिले पनि बाघको आक्रमणमा परेकी थिईन् । साँझ ६ नबझ्दै हजुर आमाले मेलाबाट काखमा बोकेर ल्याउदै गरेको अवस्थामा बाघले एक्कासी आक्रमण गरेको थियो ।  
गम्भिर घाईते बालिकाको जिल्ला अस्पताल अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा रिफर गरिएको छ । बाघको आक्रमणबाट घाँटीमा गहिरो चोट  लागेको र अत्यधिक रगत बगेकोले बालिकाको अवस्था  गम्भीर भएको जिल्ला अस्पतालले बताएको थियो । 
जिल्लामा गएको २,३ वर्ष भित्र लगभग एक दर्जन बालबच्चाको बाघको आक्रमणबाट ज्यान गएको छ । अर्घाखाँचीको ईतिहासमा यसरी बाघले मानविय क्षती पुराएको पहिलो पटक हो । बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा २,३ वर्ष देखि बारम्बार  जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् । गत असोज महिनामा अर्घाखाँचीमा बाघ मार्न-नियन्त्रण गर्न चितवनबाट विषेश टाेली आएपनि केही उपलब्धी भएको थिएन । 
अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो । विधालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन ।  
उता सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनिहरुको भनाई छ । 

अन्य समाचारहरु