सानडेभा, खांचिकोटको गच्छेखोला र नुवाकोटको च्युरामाटीमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न


गोपाल प्रसाद भट्टराई
गच्छेखोला, राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि.सी. र ने.क.पा.मसाल का जिल्ला प्रवक्ता थम्मन के.सी.ले आसन्न निर्बाचनमा राष्ट्रवादी र बिखण्डनवादी शक्तीबिचको प्रतिष्प्रधा भएको भन्दै सचेत भएर भोट हाल्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाले आज खांचिकोटमा सम्पन्न गरेको चनाब केन्द्रित प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहांहरुले पूंजिवादी युगमा सत्ता नै प्रमुख ठान्नेहरुले चुनाबी दौडमा छर्ने भ्रमका पछि लाग्दा नेपाल र नेपालीको स्तर खस्किंदै गएकोमा चिन्ता ब्यक्त गर्दै आसन्न निर्बाचनमा गम्भिरतापूर्वक जिम्मेवार भएर मतदान गर्न आग्रह गर्नुभएको हो ।
सिद्धि भट्टराईको अध्यक्षता,रिसव भट्टराईको स्वागत मन्तव्य र मेहरसिंह के.सी.को संचालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय प्रतिनिधि सभा समानुपातिक उम्मेद्धार दिलदार हुसेन,नेताहरुबसन्त खड्का,गिता के.सी.,पून बहादुर नेपाली र नारायण क्षेत्री लगायतको आतिथ्यता रहेको थियो । यसैबिच राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आजै भुमिकास्थान ८ र ९ को सानडेभा र च्युरामाटीमा प्रशिक्षण भेला सम्पन्न भएको छ ।
 सानडेभामा नारायण घिमिरेको अध्यक्षता,भरत घिमिरेको स्वागत मन्तव्य र लक्ष्मण खड्काको संचालनमा सम्पन्न भएको भेलामा राष्ट्रिय जनमोर्चा प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा,प्रदेशसभा समानुपातिक उम्मेद्धार सकुन्तला राना,नेताहरु गोपाल पौडेल,गाविन्द वि.सी.र टेक बहादुर थापाले प्रशिक्षणात्मक मन्तव्य राख्दै सत्ताशिन दलहरुले भारतको इशारामा कानुन संचालन गर्न खोज्दा राष्ट्रियता र नेपालीको भबिष्य समेत अन्धकार बन्दै गएकोले अबका चुनाबमा जनहित बिपरित लाग्ने  शक्तिहरुलाई जनताले ठेगान लगाउनुपर्नेमा जोड दिनुभएको छ ।
यस्तै सोही टोलीको सहजीकरणमा भुमिकास्थान ८ नुवाकोटको च्युरामाटीमा पनि आजै अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । 
भेलाले आसन्न निर्बाचनमा राष्ट्रवादी शक्तिलाई बिजयी बनाउनुपर्ने निष्कर्ष सहित चुनाबी प्रचारको अभियानलाई ब्यबस्थित गर्न चेत नारायण गैरेको संयोजकत्वमा ९ सदस्यिय निर्बाचन परिचालन समिति,नेत्र प्रसाद गैरेको संयोजकत्वमा ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र बुद्धि गैरेको संयोजकत्वमा ३१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको   छ । 

अन्य समाचारहरु