वामगठबन्धनको खन, पँधेरा,बडाचौर देउराली, अँधेरीपोखरी, खनदह, खनार, साबडाँडामा चुनावी सभा सम्पन्न, बेरोगारीको अन्त्य र रोजगारीको ग्यारेन्टीको लागि वामगठबन्धन (तस्बिर सहित)

शोभाखर पन्थी 
खन, अर्घाखाँची, मंसिर ९ । वाम गठबन्धनका नेताहरुले बेरोगारीको अन्त्य र रोजगारीको ग्यारेन्टीको लागि आफुहरुलाई विजयी गराउन आग्रह गरेका छन् ।
 वामगठबन्धन द्वारा शनिवार मालारानी गाउँपालीका अन्तरगत खनको बिभिन्न ठाउँमा आयोजित चुनावी सभामा मन्तव्य राख्दै उनिहरुले आफ्ना शन्ततीको उज्ज्वल भविश्य निर्माण, दिगो शान्ती,अग्रगमन र समग्र मूलुकको समृद्धिको लागि वामगठबन्धनका उम्मेदवार लाई बिजयी गराउनु पर्नेमा जोड दिए । नेपाली जनताले कांग्रेसलाई पटक-पटक जिताएर पठाएपनि कांग्रेसले जनताको पक्षमा काम गर्नुको सट्टा राष्ट्रघाती र जनघाती काम गरेको भन्दै वक्ताहरुले आफ्नो अमूल्य मतलाई राष्ट्रघाती र जनघातीको लाईसेन्स बनाउन नदिनको लागि मतदाताहरुलाई आग्रह गरे । 
कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र का केन्द्रीय सचिवालय सदस्य चन्द्र बहादुर खड्का उज्ज्वलले सिङ्गो मूलुक बामपन्थीमय भएको बताउनु भएको छ । राष्ट्रियताको रक्षा, दिगो शान्ति, अग्रगमन र विकासको लागि मूलुकका ठूला दुई कम्युनिष्ट पार्टी नेकपा (एमाले) र माओवादी केन्द्र आपसमा मिलेको भन्दै उहाँले अरु ससाना कम्युनिष्टपार्टी लाई समेत मिलाएर एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने तयारी भैरहेको दाबी गर्नुभयो । कम्युनिष्टहरु आपसमा फुट्दा प्रतिगामी र पुनरउत्थान बादीहरुले फाईदा उठाएको भन्दै उहाँले आफूहरु बीचको एकतालाई अब संसारको कुनै पनि ताकतले टुटाउन नसक्ने दावी समेत गर्नु भयो । 
अर्का वक्ता नेकपा एमालेका जिल्ला अध्यक्ष तथा संयुक्त वाम गठबन्धनको तर्फबाट अर्घाखाँची जिल्ला प्रदेश सभा क्षेत्र नं. १ का साझा उम्मेदवार चेतनारायण आचार्यले जनताको सेवामा आफूहरु सदैव समर्पित रहने बताउँदै जिल्लाका दलित,गरीब र बिपन्न जनताको मूक्तिको लागि वाम गठबन्धनका उम्मेदवार लाई बिजयी गराउन आग्रह गर्नुभयो । जिल्लाको विकास निर्माणमा वामपन्थीहरुले महत्वपूर्ण योगदान पु¥याएको भन्दै आचार्यले भन्नुभयो “तपाईहरु मत दिनुहोस् हामी तपाईहरुलाई सुशासन,रोजगारी,बिकास र समृद्धि दिन्छौं ।” कांग्रेस नेतृत्वले ५ नम्वर प्रदेश लाई टुक्राउने,बिदेशी लाई नागरीकता दिने लगायतका षडयन्त्र गरीरहेको भन्दै उहाँले स्वाभिमानी राष्ट्रभक्त नेपाली लाई त्यो कदापी स्वीकार्य नहुने चेताबनी दिनुभयो ।
 
आचार्यले स्वरोजगारीका अवसरहरु सृर्जना गरी युवाहरुलाई जिल्ला भित्रै रोजगारीको ग्यारेन्टी गर्ने भन्दै जिल्लामा संचालित घरेलु तथा कुटिर उद्योगको बिकासमा जोडदिने बताउनु भयो । जिल्लाको खन,खनदह,गोखुङ्गा लगायतका ठाउँमा बाँस,निगालाका सामान बनाउने आधुनिक उद्योग संचालनगरी स्थानीय बासीन्दा लाई रोजगारी दिलाई त्यहाँ उत्पादित सामान लाई बिदेशी बजारमा पु¥याएर बार्षिक करौडौं आम्दानी गर्न सकिने उहाँको भनाई छ । दलित र गरीब परीबारका बालबालीका लाई निशुःक रुपमा शिक्षा,स्वास्थ्य र पोषणको व्यबस्था मिलाउनु पर्नेमा उहाँको जोड थियो ।
उहाँले जिल्लाका सबै वार्डमा पिच बाटो पु-याउने, घर-घरमा स्वच्छ पिउने पानीको धारो पु¥याउने, प्रत्येक नगर तथा गाउँपालिकामा प्राविधिक शिक्षालय, आधुनिकि अस्पताल र वहुमुखि क्याम्पस स्थापना गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, गाई, भैसी, वाख्रा, कुखुरा, माछापालन व्यवसाय फलफूलखेती र जडीवुटी खेतीमा पूर्ण अनुदान सहित युवाहरुलाई आकर्षित गर्ने बताउनु भयो । 
क्यान्सर, मृगौला, मुटु, कलेजो, मधुमेह लगायतका निक्कै खतरनाक रोगहरु लागेर पनि बाँच्न सफल हुनु भएका उहाँले जनताको सेवाको लागि आफूले आफ्नो वाँकी जीवन समर्पित गर्नेे बताउनु हुन्छ ।  
कार्यक्रममा नेकपा एमालेका प्रदेश सभा सदस्य नरेन्द कुमार क्षत्री,नेकपा माओबादी केन्द्रका जिल्लासह संयोजक तथा प्रदेश सभा समानुपातीक उम्मेदवार छमकुमारी खनाल चिनारी ,एमाले नेता जनार्दन खनाल,मालारानी गाउँपालीकाका प्रमुख बालकृष्ण आचार्य ,माओबादी केन्द्रका नेता एम बी पाण्ड,ेखिमानन्द पन्थी,देब बहादुर खड्का ,बिद्यार्थी नेता नारायण खनाल ,नेकपा एमालेका जिल्ला सदस्य लिलबहादुर बि.क.लगायतका वक्ताहरुले मन्तव्य राख्दै राष्ट्रघात र जनघातको अन्त्य गरी राष्ट्रिय स्वाधिनताको रक्षा र समुन्नत राष्ट्रको निर्माणको लागि वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नु भयो ।
कार्यक्रम मालरानी को ३ र ४ को पँधेरा,बडाचौर देउराली,अँधेरीपोखरी,खनदह बजार,खनार,साबडाँडा लगायतका ठाउँमा सम्पन्न भएको नेकपा एमालेका जिल्ला सदस्य लिलबहादुर बि.क.ले जानकारी दिनुभयो ।

अन्य समाचारहरु