सन्धिखर्कको बिहारमा दुई युवाद्दारा विदेश जान छोडेर व्यावसायिक कुखुरा र हाँस पालन शुरु ( भिडियो रिपोर्ट,तस्बिर सहित )
मंसिर ९ गते, २०७४ मा प्रकाशित
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । विदेशमा हन्डर खाएर स्वदेश फर्किएका धेरै जसो युवा विभिन्न व्यवसायमा लागेका बेला अर्घाखाँची जिल्लाको सन्धिखर्कमा दुई युवाले व्यावसायिक कुखुरा र हाँस पालन शुरु गरेका छन् ।
सन्धिखर्क नगरपालिका ८ का शोभाखर क्षेत्री र सन्धिखर्क नगरपालिका १० का नविन क्षेत्रीले विदेश जान छोडेर सन्धिखर्कको बिहार व्यावसायिक कुखुरा र हाँस पालन शुरु गरेका हुन् ।
दुई युवाले व्यावसायिक कुखुरा पालनका लागि बिहारमा खुलिएको तारे गुलेली फर्मका लागि ५ हजार कुखुराका चल्ला र ४ सय हाँस ल्याउने र व्यवसाय शुरु गर्ने भएका छन् ।
उनिहरुले कुखुरा पाल्नका लागि आधुनिक खोर (टहरा) निर्माण गरेका छन् । उनिहरुले भौतिक पूर्वाधार निर्माण, स्थायी फर्म निर्माण गर्ने जग्गा गरी लाखौं रुपैयाँ खर्च गरेका छन् ।
उनिहरुले विदेशमा भन्दा स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिने बताउछन् ।