बाम गठबन्धनको चुनावी सभा मरेङ्ग र अर्घातोसको लामापोखरा, घडेरी, गहतेरा, छत्रदेब, गर्ता, कुबिण्डे, ढाडमा सम्पन्न

बसन्त श्रेष्ठ छपाली  
अर्घातोस, अर्घाखाँची  ।  देशका बिभिन्न स्थानमा पहिलो चरणको मतदान चलिरहदा अर्घाखाँचीमा भने राजनीतिक दलहरुले भेला तथा प्रशिक्षण कार्यक्रमलाई तिब्रदा दिएका छन् । 
जिल्लामा रहेका प्रमुख प्रतिश्प्रधी बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धले मतदाता भेटघाट तथा चुनाबी सभालाई तिब्रता दिएका हुन । 
सोही क्रममा संयुक्त बाम गठबन्धनको चुनावी भेटघाट तथा चुनावी सभा मालारानी गाउँपालिकाको मरेङ्ग र अर्घातोसको लामापोखरा, घडेरी, गहतेरा, छत्रदेब, गर्ता, कुबिण्डे, ढाड लगायतका बिभिन्न ठाउँमा सम्पन्न भएको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहेका नेकपा माओबादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा प्रचार प्रसार संयोजक चन्द्र बहादुर खड्काले सिङ्गो मूलुक कम्युनिष्टमय भएको बताउनु भयो । राष्ट्रियताको रक्षा, दिगो शान्ति, अग्रगमन र विकासको लागि मूलुकका ठूला दुई कम्युनिष्ट पार्टी नेकपा (एमाले) र माओवादी केन्द्र आपसमा मिलेको भन्दै उहाँले आफूहरु बीचको एकतालाई संसारको कुनै पनि ताकतले टुटाउन नसक्ने दावी गर्नु भयो । 
नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष तथा प्रदेश सभा क्षेत्र नम्बर १ का साझा उमेद्वार चेतनारायण आचार्यले जनताको सेवामा आफूहरु सदैव समर्पित रहने बताउँदै सक्कली दल र नेताको पहिचान गरी मतदान गर्न जनतालाई आग्रह गर्नु भयो । आचार्यले यस क्षेत्रमा खानेपानीको समस्या रहँदै आएको भन्दै अब लगत्तै बैकल्पिक व्यावस्था गरी खानेपानीको उचित प्रबन्ध मिलाउने समेत बताउनुभयो । जिल्लाको विकास निर्माणमा वामपन्थीहरुले महत्वपूर्ण योगदान पु¥याएको भन्दै आचार्यले भन्नुभयो जिल्लाको बृहत्तर विकासमा निरन्तर लागी पर्ने बताउनुभएको हो । कांग्रेस नेतृत्वले ५ नम्वर प्रदेश टुक्रएर अर्घाखाँचीलाई तराईबाट अलग गर्न खोजेको भन्दै उहाँले आफूहरुले सञ्चालन गरेको आन्दोलनको ताकतबाट ५ नम्वर प्रदेशलाई अखण्ड राख्न सफल भएको दावी गर्नु भयो ।
 आचार्यले स्वरोजगारका अवसरहरु सृर्जना गरी युवाहरुलाई जिल्ला भित्रै रोजगारीको ग्यारेन्टी गर्ने भन्दै दैनिक जीविकोपार्जनका निम्ति खाडी मूलुकमा गई ४५ डिग्रीको तापक्रममा काम गर्नु पर्ने युवाहरुको वाध्यतालाई हटाउन आफू लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले पाँच नमबर प्रदेश कमिति सदस्य नरेन्द्र कुमार क्षेत्री, माओबादी केन्द्रका प्रदेश सभा समानुपातिक उमेद्वार छमकुमारी खनाल चिनारी, एमाले मालारानी गाउँपालिका संयोजक शालिकराम आचार्य, जिल्ला कमिटि सचिवालय सदस्य जर्नादन खनाल, मालारानी गाउपालिका अध्यक्ष बालकृष्ण आचार्य, उपप्रमुख प्रमिला क्षेत्री, एमाले नेता मुक्ती पाण्डे, माओबादी नेता देबबहादुर खड्का, खिमप्रसाद पन्थी, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव नारायण खनाल, युवासंघका जिल्ला अध्यक्ष गोबिन्द आचार्य, वाइसिएलका जिल्ला अध्यक्ष गोबिन्द भुसाल, अनेरास्वबियु केन्द्रीय सदस्य भरत न्यौपाने, बिद्यार्थी नेता प्रदिप नेपाली, त्यस्तै स्थानीय नेताहरु बिनोद भुसाल, शिबलाल कुवँर, प्रेम बहादुर पक्षाई, प्रेश चौतारीका सचिव अर्जुन भुसाल लगायतको आथित्यता रहेको थियो । 

अन्य समाचारहरु