विनोद गैरे
नुवाकोट, अर्घाखाँची । तपाईको स्वास्थ्य हाम्रो अठोट भन्ने मुल नाराका साथ सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति काठमाण्डौं र भूमिकास्थान नगरपालिका अर्घाखाँचीको संयुक्त आयोजनामा आज भुमिकास्थान नगरपालिकाको कार्यालय नुवाकोट, अर्घाखाँचीमा १ दिने स्थानीय तह सामाजीक स्वास्थ्य सुरक्षा (स्वास्थ्य विमा) अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका अध्यक्ष तथा भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम बहादुर थापाले कार्यक्रम सफलताको सुभकामना दिनुभएको थियो ।
भुमिकास्थान नगरपालिकाका नि.कार्यकारी नविन श्रेष्ठ, शिक्षा संयोजक मणिराम पराजूली, वागवानी अधिकृत अर्जूनदेव ज्ञावाली, पशु चिकित्सक विष्णु प्रसाद पौडेल, खानेपानी तथा सरसफाईकी भावना भुसाल, खिल्जी प्रहरी चौकी प्रमुख महाशर्मा पाण्डे नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरे, स्थानीय राजनैतिक दल, बुद्धिजीवि तथा सरोकारवालाहरुको वाक्लो उपस्थिती रहेको कार्यक्रमको सहजीकरण सामाजीक स्वास्थ्य विमा कार्यक्रमका जिल्ला सम्योजक खगराज पोख्रेल र जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेश राज पौडेलले गर्नुभएको थियो ।
कार्यक्रम भुमिकास्थान नगरपालिका स्वास्थ्य सह-संयोजक सिद्धार्थ आचार्यको स्वागत साथै संयोजक देव बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।