सन्धिखर्कको मसाल बजारमा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघको चुनावी भेला सम्पन्न

गोपाल प्रसाद भट्टराई 

सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीको चुनाब केन्द्रित प्रशिक्षण भेला सम्पन्न भएको छ ।

अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कविराम खनालको अध्यक्षता, केन्द्रिय सल्लाहकार बाबुराम सुनारको प्रमुख आतिथ्यता र जिल्ला सचिव कुलराज खनालको संचालनमा सम्पन्न भएको भेलामा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि.सी.,ने.क.पा.मसाल का जिल्ला प्रवक्ता थम्मन के.सी.,अखिल नेपाल किसान संघका केन्द्रिय महासचिव कृष्ण के.सी.लगायतले प्रशिक्षण दिनुभएको छ ।
 प्रशिक्षणात्मक मन्तव्य राख्दै उहांहरुले अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको छुट्टै इतिहांस रहेको बताउंदै इतिहांसलाई अझ उचो बनाउने गरि निर्बाचन प्रचार-प्रसारमा लाग्न युवाहरुलाई आग्रह गर्नुभएको छ ।जिल्लाका बिभिन्न ठाउंबाट सयौं युवा प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको भेलाले मंसिर २१ गते हुने निर्बाचनमा राष्ट्रिय जनमोर्चाका दुवै प्रदेशका उम्मेद्धारहरुलाई जिताउन र समानुपातिक तर्फ बढि भन्दा बढि आफ्नो पक्षमा मत खसाल्ने गरि युवाहरु प्रिचालन हुने निर्णय गरेको युवक संघका अध्यक्ष कविराम खनालले जानकारी दिनुभएको छ ।
अर्घाखाँचीमा केन्द्रिय प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको केन्द्रिय निर्णय अनुसार अगाडि बढ्दै राष्ट्रिय जनमोर्चाको पक्षमा धेरै भन्दा धेरै मत खसाल्न युवाहरु स्वमंसेवकको रुपमा खट्ने गरि जिम्मेवारी बांडफांड समेत गरेको अध्यक्ष खनालले बताउनुभएको छ ।

अन्य समाचारहरु