राष्ट्रिय जनमोर्चाको ढाकावाङ्गका राज्मे, फुलवारी, हाट र खिल्जीका खमारीबास, धारीचौर, डांडागाउं, वेल्बोटमा चुनाबी सभा सम्पन्न


गोपाल प्रसाद भट्टराई 
सन्धिखर्क, अर्घाखाँची ।  यता चुनाबको मिति नजिकिंदै जांदा राष्ट्रिय जनमोर्चाका दुइ ओटै टोलीले चुनाबी प्रचारका कार्यक्रमलाई तिब्रता दिएका छन् ।
मंसिर ७ गते सम्म जिल्लाभर अगुवा कार्यकता भेला सम्पन्न गरेको राष्ट्रिय जनमोर्चाले शनिबार देखी अर्घाखाँचीका पालिका स्तरमा चुनाबी सभाहरु सम्पन्न गर्दै अगाडि बढ्न थालेको छ । जस अनुसार राष्ट्रिय जनमोर्चाको एउटा टोलीले आईताबार भुमिकास्थान नगरको खिल्जी खमारीबास,धारीचौर,डांडागाउं र वेल्बोट लगायतका स्थानमा चुनाबी सभा सम्पन्न गरेको छ । 
सभामा प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेद्धार झविलाल थापा,समानुपातिक उम्मेद्धार सकुन्तला राना,नेता गोपाल पौडेल,राजेन्द्र नेपाली,कपिल खनाल र दोर्ण भण्डारीले मन्तव्य राख्दै सत्ताशिन दलको ढांट र छलले गर्दा देश भिरमा अडिएको गाइ जस्तै भएको आरोप लगाउंदै कसैको भ्रम र धम्कीमा नपरी देशप्रमी पार्टीका जनप्रेमी उम्मेद्धारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।यस्तै राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आजै भुमिकास्थान नगरको ढाकावाङ्गका राज्मे,फुलवारी,हाट बजार लगायतका स्थानमा चुनाबी सभा सम्पन्न गरेको छ । 
कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.,केन्द्रिय प्रतिनिधि सभा समानुपातिक उम्मेद्धार कल्पना पोख्रेल लगायतले मन्तव्य राख्दै चुनाबमा जनता संग भ्रम छर्ने र केन्द्रमा गएपछि भ्रष्टचार गरेर देश कंगाल बनाउनेहरुको बिगबिगि बढेको भन्दै सचेत भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको   छ ।

अन्य समाचारहरु