शेर बहादुर बि.सीद्दारा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बाम गठबन्धनका उम्मेद्धार टोप बहादुर रायमाझीलाई मतदान गर्ने स्पष्ट (भिडियो सहित)

गोपाल प्रसाद भट्टराई 
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि.सी.ले आसन्न निर्बाचनको प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बाम गठबन्धनका उम्मेद्धार टोप बहादुर रायमाझीलाई मतदान गर्ने स्पष्ट पानुभएको छ ।
नेता बि.सी.ले अर्घाखाँचीको केन्द्रिय प्रतिनिधसभामा बाम गठबन्धनलाई सघाउने पार्टीको केन्द्रिय सहमती अनुसार आफुले उम्मेद्धारी थुतेको प्रष्ट पार्दै मंसिर २१ गतेको निर्बाचनमा टोप बहादुर रायमाझीलाई भोट हाल्ने धारणा राख्नुभएको हो ।
आईताबार बिहान सामुदायिक रेडियो अर्घाखाँचीको बहसमुलक कार्यक्रम बिचारमन्थनमा कुराकानी गर्दै नेता बि.सी.ले केन्द्रिय प्रतिनिधि सभामा केन्द्रिय निति अनुसार आफ्नो उम्मेद्धारी थुतेपनि प्रदेश सभातर्फ राष्ट्रिय जनमोर्चाका उम्मेद्धार निर्बाचन लड्ने र त्यसको निम्ती ब्यापक तयारी भइरहेको जनाउंदै एक नम्बर प्रदेशमा राष्ट्रिय जनमोर्चाका उम्मेद्धार सागर के.सी.ले चुनाब जित्ने दाबी समेत गर्नुभएको छ ।
नेता बि.सी.ले राष्ट्रिय जनमोर्चाका उम्मेद्धारसागर के.सी.ले आफ्नो जिवन राजनिति,राष्ट्र र जनताकै हितमा बिताइरहनु भएको बिकासप्रेमी अनुभवी र दक्ष उम्मेद्धार संगै १ नम्बर क्षेत्रमा जनमोर्चाको जनलहर रहेकोले आफुहरुले जित्ने दाबी गर्नुभएको हो ।
क्षेत्र नम्बर २ मा जित्न नसकेपनि राष्ट्रिय जनमोर्चाले सम्मानजनक मत प्राप्त गर्ने उहांले बताउनुभएको छ ।

अन्य समाचारहरु