अर्घाखाँचीमा कार्तिक महिनामा १,२५० जनालाई नागरिकता प्रमाण-पत्र वितरण

Image result for अर्घाखाँची प्रशासन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट गत कार्तिक महिनामा वंशजका आधार, प्रतिलिपी, आमाको सनाखत, बैबाहिक अंगिकृत लगायत गरी १,२५० जनालाई नागरिकता प्रमाण-पत्र वितरण गरिएको छ । 
वंशजका आधारमा ७७१  जनाले नागरिकता लिएका छन् । यस्तै आमाको सनाखतबाट २०७ जनाले र बैबाहिक अंगिकृतमा कसैले लिएका छैनन् ।  साथै प्रतिलिपी नागरिता २७२ जनाले लिएका छन् ।  
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट हालसम्म २ लाख ८६ हजार ५ सय १७ जनालाई नागरिकता प्रमाण-पत्र वितरण गरिएको छ । 
२०७४ कार्तिक महिनासम्म भएको नागरिकता प्रमाण-पत्र वितरण विवरण यस्तो छ:-

अन्य समाचारहरु