गोपाल प्रसाद भट्टराई
फलामखिल्ली, अर्घाखाँची । आसन्न मंसिर २१ गतेको चुनाबको तयारी स्वरुप दुइवटा टोली बनाएर निर्बाचन प्रचारमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुनाबी कार्यक्रमलाई तिब्रता दिएको छ ।
पहिलो चरणमा मंसिर ७ गते सम्म जिल्लाभर अगुवा कार्यकता भेला सम्पन्न गरिसकेको राष्ट्रिय जनमोर्चाले मंसिर ९ गतेदेखी पालिका स्तरमा चुनाबी सभाहरु सम्पन्न गर्दै अगाडि बढिरहेको उक्त पार्टीका चुनाब प्रचार-प्रसार मुल समिति संयोजक गोपाल पौडेलले जानकारी दिनुभएको छ ।
जस अनुसार राष्ट्रिय जनमोर्चाको एउटा टोलीले आज भुमिकास्थान नगरको धारापानीमा ठुलाखर्क,रातामाटा र फलामखिल्ली लगायतका स्थान र अर्को टोलीले आजै भुमिकास्थान नगरको असुरकोटमा जोगिटारी,बुदुनमारा,पौवा र थाम्का लगायतका स्थानमा चुनाबी सभा तथा घरदैलो अभियान सम्पन्न गरेको छ ।
अभियानको पहिलो टोलीमा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.,केन्द्रिय प्रतिनिधि सभा समानुपातिक उम्मेद्धार कल्पना पोख्रेल,राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष पशुपति ढकाल,भुमिकास्थान ४ धारापानीका वार्ड अध्यक्ष बाबुराम सुनार र अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कविराम खनाल लगायतको आतिथ्यता रहेको थियो ।यस्तै दोस्रो टोलीमा प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेद्धार झविलाल थापा,समानुपातिक उम्मेद्धार सकुन्तला राना,राजमो जिल्ला सचिव गोपाल पौडेल,अखिल भारत मुल प्रवाह नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष कपिल खनाल,अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका केन्द्रिय कोषाध्यक्ष गोविन्द बि.सी.,भुमिकास्थान ५ का वार्ड अध्यक्ष तुल्सीराम बेल्वासे,सदस्यहरु शिव बन्जाडे,बिष्णु सारु,लक्ष्मी बि.क.लगायतको आतिथ्यता रहेको थियो ।
दुवै टोलीका नेताहरुले जनता संग आफ्ना धारणा सार्बजनिक गर्दै ब्याक्तिगत स्वार्थमा फसेर राष्ट्रियहित बिपरित लाग्ने शक्तिहरुलाई पटक-पटक भोट दिएर नेपाली जनता झुक्कीएकाले अहिले मुलुक गम्भिर संकटमा फसेको उल्लेख गर्नुभयो । उहांहरुले संकटमा फसेको राष्ट्रलाई माथी उकास्न अब जनताले त्यो गल्ती दोहोराउन नहुने भन्दै सचेत हुन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाले भोली खिल्जीको बेल्वोट र पर्सि धारापानीमा बिशाल चुनाबी सभाको आयोजना गरेको छ ।