अर्घाखाँचीलाई सरसफाइको नमुना जिल्ला बनाउने पत्रकारहरुले सामुहिक प्रतिबद्धता (भिडियो तस्बिर सहित)

प्रेमनारायण आचार्य/ प्रेम खड्का – भिडियो तस्बिर 
सन्धिखर्क, अर्घाखाँची १२ मंसीर । अर्घाखाँचीका पत्रकारहरुलेसन २०२० सम्ममा अर्घाखाँचीलाई सरसफाइको नमुना जिल्ला बनाउन सहयोग गर्ने सामुहिक प्रतिबद्धता जाहेर गरेका छन ।
नेपालको १७ औ खुल्ला दिसा मुक्त जिल्ला घोषणा भएको अर्घाखाँचीलाई सन २०२० सम्ममा सरसफाइको नमुना जिल्ला बनाउन पत्रकारहरुले कलम चलाउने र जिल्लाको अभियानलाइ पुरा गर्ने बताएका छन ।
जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका पत्रकारहरुले सरसफाइ सबैको सरोकारको विषय भएकोले यसलाइ अगाडी बढाउन पत्रकारको भुमिका बढाउने तथा सकारात्मक पक्ष र सुधार गर्नु पर्ने विषयलाइ मिडीयामा प्रकासन तथा प्रसारण गर्ने बताएका छन ।
युएन ह्याविटाटको सहयोग र प्रकास सचेतन समुहको सहजीकरणमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले गर्नु भएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि र वास पत्रकार मञ्चका अध्यक्ष प्रेमनारायण आचार्यले पुर्ण सरसफाइ अभियान जिल्लाकै प्रतिष्ठा र इज्यत संग जोडिएकोले सफल बनाउन सबै लाग्नु पर्ने बताउनु भएको थियो ।
अर्घाखाँचीमा फण्डबोर्ड, सुआहारा, पश्चिम नेपाल ग्रामीण खानेपानी आयोजना लगायतका संघ सस्थाले पुर्ण सरसफाइ अभियानमा काम गरिरहेका छन ।
कार्यक्रममा सरसफाइ अभियान र हालको अबस्थाको बारेमा युएन ह्याविटाटका जिल्ला संयोजक बिष्णु दवाडी र  प्रागका कार्यकारी निर्देसक प्रेमनारायण गैरेले जानकारी गराउनु भएको थियो ।
कार्यक्रम प्रागकी कोषाध्यक्ष शुसिला गैरेको अध्यक्षता र टिम लिडर भविस्वर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु