अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची १२, मंसिर २०७४ । अनेरास्वबियु पाणिनी बहुमखी क्याम्पस कमिटि सन्धिखर्क अर्घाखाँचीले मनपरी शैक्षिक शुल्क बृद्धि गरेको बिरोधमा क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
बिद्यार्थीहरुको चाहाना बिपरित मासिक शुल्कमा अस्वाभाबिक रुपमा बृद्धि गरिएको भन्दै क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाएको हो । जिल्लाको शैक्षिक धरोहर तथा जिल्लाको विश्वबिद्यालयको रुपमा पाणिनि बहुमुखी क्याम्पस परिचित रहँदै आएको भन्दै बिद्यार्थीलाई बिस्थापितनै गर्ने गरी शैक्षिक शुल्क बृद्धि गरिएको अनेरास्वबियु क्याम्पस कमिटि सह संयोजक सागर परियारद्धारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।
लामो समय देखि जिल्लाको शिक्षा क्षेत्रमा महत्वूर्ण योग्दान पु¥याउँदै आएको यस पाणिनि बहुमुखी क्याम्पस, केवल सन्धिखर्कमा मात्र नभई जिल्लाका बिभिन्न कुना काप्चा तथा जिल्ला भन्दा बाहिरका बिद्यार्थीहरुले अध्यायन गर्ने शिक्षालयको रुपमा समेत रहँदै आएको छ ।
अनेरास्वबियु द्धारा जारी गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । क्याम्पस उच्च, मध्यम र निम्न आर्थिक अवस्था रहेका तथा गरिब, जेहेन्दार बिद्यार्थीहरुले पढ्ने क्याम्पसको रुपमा रहेको रहेको भन्दै क्याम्पस प्रशासन जस्तो बौद्धिक जमातबाट सिंङ्गो स्वतन्त्र बिद्यार्थी युनियन तथा कुनै पनि बिद्यार्थी संगठनलाई जानकारीनै नदिइ तथा सल्लाहनै नलिइ पञ्चेहरुको हुकुमी शैलीमा गरिएको मासिक शुल्क बृद्धि प्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन पाणिनि बहुमुखी क्याम्पस कमिटि घोर आपत्ती प्रकट गर्दछ बिज्ञप्तीमा भनिएको छ ।
साथै बिज्ञप्तीमा बिद्यार्थीलाई बारम्बार शुल्कबृद्धिका नाममा नअल्झ्याउन तथा दीर्घकालिन समाधानका लागि उपायहरुको खोजी गर्न सिङ्गो क्याम्पस प्रशासन र सञ्चालन समिति समक्ष माग समेत गरिएको छ । अनरास्वबियुले बिद्यार्थीहरुलाई बिस्थापित नै गर्ने गरी गरिएको शुल्कबृद्धिको बिरोधमा जस्तो सुुकै आन्दोलन र संघर्षमा जान तयार रहेको भन्दै त्यसबाट प्राप्त हुने परिणामको जिम्मेवार स्वयम क्याम्पस प्रशासन नै हुुनुुपर्ने पनि जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ ।
ज्ञापन पत्र बुझाउने क्रममा अनेरास्वबियुका नेता बसन्त श्रेष्ठ, स्वबियु सदस्य रामचन्द्र श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो । ज्ञापन पत्र बुझ्दै क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले क्याम्पसको धरासयी अवस्थालाई बिद्यार्थी संगठन र जिल्लाको सबै पक्षले गम्भिर रुपमा लिनुपर्नेमा जोड दिनुभएको थियो । क्याम्पसले स्नातकोत्तर र स्नातक तहमा ३ सयका दरले शुल्कबृद्धि गरेको छ ।