गोपाल प्रसाद भट्टराई
खिल्जी, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा प्रदेश नं. ५ का सदस्य शेरबहादुर बिसीले कांग्रेसको गठबन्धनले जितेमा संविधान संसोधन गर्ने र राष्ट्र बिखण्डन हुने खतरा रहेको भन्दै राष्ट्रवादी शक्तिहरुलाई भोट हाल्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चा चुनाब प्रचार -प्रसार समितिले प्रदेश सभा क्षेत्र नम्बर २ लाई केन्द्रित गरेर आज खिल्जीको वेलवोटमा सम्पन्न गरेको बिशाल सांस्कृतिक चुनावी सभालाई संबोधन गर्दै नेता बि.सी.ले मुलुकको राजनितिक ईतिहासलाई हेर्दा कांग्रेस,एमाले,माओवादी तिनै दलले नै राष्ट्र र जनघाती काम गरेको भएपनि पछिल्लो समयमा राष्ट्रियताप्रति कांग्रेस भन्दा एमाले माओवादी थोरै सकरात्मक भएको हुनाले उनिहरुसंग चुनाबी तालमेल गरेको स्पष्ट पार्नुभएको छ । ।
सभामा बोल्दै प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार सागर के.सी.ले नेपालसंगै स्वतन्त्र भएका देश आज विकसित राष्ट्रको श्रेणीमा पुग्दा हाम्रो देशको यस्तो दुर्गती हुनुको मुख्यकारण एमाले,कांग्रेस र माओवादी केन्द्र नै भएको आरोप लगाउंदै २००७ सालदेखि यता कांग्रेस एमाले र पछिल्लो चरणमा माओवादी केन्द्र पनि सत्ताको साझेदार बन्दा उनिहरुले जनतालाई महंगी,युवा विदेश पलायनको उपहार दिंदै आफुहरुले भष्ट्रचारको बिल्ला भिर्ने बाहेक अरु केही उपलब्धि गर्न नसकेको जिकिर गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार झविलाल थापा, प्रदेश सभा समानुपातिक उम्मेदवार द्धोय शकुन्तला राना र कविराम खनाल ले मन्तव्य राख्दै देशको दुरदशा बनाउने पार्टी र उम्मेद्धारलाई जनतासँग भोट माग्ने अधिकार समेत नभएको चुनौंति दिदै त्यस्ता जनबिरोधि उम्मेद्धारले आसन्न निर्बाचनमा जनताले ठेगान लगाउने उद्घोष गर्नुभएको छ ।
ज्ञानबहादुर सुनारको अध्यक्षता,शिव प्रसाद बञ्जाडेको स्वागत मन्तव्य र हिमाल बञ्जाडेको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार कल्पना पोखरेल,मान बहादुर राना,प्रदेश सभा समानुपातिक उम्मेदवार मिना भट्टराई,राजमो जिल्ला उपाध्यक्ष पशुपति ढकाल,निर्वाचन प्रचार प्रसार समिति संयोजक गोपाल प्रसाद पौडेल,अखिल नेपाल किसान संघका केन्द्रीय महा सचिव कृष्ण के.सी.,मुलप्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल,राजमो नेता कमल प्रसाद भुसाल,अखिल नेपाल यातायात मजदुर युनियनका केन्द्रीय कोषाध्यक्ष गोविन्द बिसी,अखिल (छैंठौं)का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर,युवक संघका केन्द्रीय सदस्य कुलराज खनाल,जातिय समता समाजका राजेन्द्र नेपाली, राजमोका जिल्ला सदस्य जिवलाल बञ्जाडे, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सदस्य विष्णु केसी, भुमिकास्थान ४ का वार्ड अध्यक्ष बावुराम पन्थी,६ का वार्ड सदस्य निम बहादुर बस्नेत, ५ का वडा सदस्य सरिता थापा, शिव प्रसाद बञ्जाडे, विष्णु सारू, कार्यपालिका सदस्य राम बहादुर नेपाली, लक्ष्मी विक लगायतको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय जनमोर्चाले प्रदेश सभा क्षेत्र नम्बर १ लाई केन्द्रित गरेर भोली धारापानीमा बिशाल चुनाबी सांस्कृतिक सभाको आयोजना गरेको छ ।