भगवतीको मुसामारे, मडेलचौर, ढिकुरा, भुस्कात, बाईगाउँमा बाम गठवन्धनको चुनावी सभा सम्पन्न, गठवन्धनले दुई तिहाई स्थानमा बिजय जित्ने चन्द्र खड्काको दावी (तस्बिर सहित)

शोभाखर पन्थी
भगवती, अर्घाखाँची  मंसिर १२  । नेकपा माओवादी केन्द्रका  केन्द्रीय सचिवालय सदस्य चन्द्र बहादुर खड्का उज्ज्वले आसन्न निर्वाचनवाम गठवन्धनले दुई तिहाई स्थानमा बिजय हासील गर्ने बताउनु भएको छ । 
उहाँले वाम गठवन्धनले पाँच वर्षमा मुलुकलाई कायापटल गर्ने योजनाका साथ अगाडी बढेको भन्दै जनता बाम सरकार बनेको देख्न आतुर रहेको ठोकुवा गर्नु भयो । वाम गठवन्धन क्षेत्र नं. १ ले छत्रदेव गाउँपालिकाको वडा नं. ७ भगवतीको मुसामारे,मडेलचौर, ढिकुरा, भुस्कात, बाईगाउँमा गरेको छुट्टा छुट्टै चुनावी सभाहरुलाई सम्वोधन गर्दै उहाँले कांग्रेसले मुलुकलाई निकास दिन नसक्ने भएकाले वाम पन्थी गठवन्धनको विकल्प नभएको बताउनु भयो । उहाँले एमाले र माओवादी केन्द्रले छोटो समय सम्म सरकारको नेतृत्व गर्दा जनमुखी कार्यक्रमहरु लागू गरेर जनताको मन जितिसकेकाले वाम गठवन्धनको विजयी अभियान लाई संसारको कुनै पनि तागतले रोक्न नसक्ने बताउनुभयो । 
वाम गठवन्धनका प्रदेश सभा क्षेत्र नं. १ का साझा उम्मेदवार चेतनारायण आचार्यले आफूले निर्वाचनमा विजय हासिल गरेपछि नागरिकको सच्चा सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले दलित वर्गको उत्थानका लागि विशेष खालका आयआर्जन र रोजगारका कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भयो । उहाँले महिला स्वयं सेविकाहरुले समाजमा पु¥याएको योगदानको जति सुकै प्रशंसा गरेपनि कम हुने भन्दै महिला स्वास्थ्य स्वयंसेविकालाई वाम गठवन्धको सरकारले आवश्यक सेवा सुविधा प्रदान गर्ने बताउनु भयो ।   
नेता आचार्यले वाम गठवन्धनको सरकार बनेपछि एक घर एक रोजगारको कार्यक्रम लागू गर्ने भन्दै कोहि पनि  नागरिक रोग, भोक , अभाव र अशिक्षा बाट पिल्सनु नपर्ने बताउनु भयो ।  उहाँले वेरोगार युवाहरुलाई रोजगार प्रदान गर्नु वामपन्थी सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भयो । उहाँले पुसमा गठन हुने वाम गठवन्धनको सरकारले वृद्ध भत्तालाई तत्कालै  वृद्धि गरि वृद्धवृद्धालाई  चाहिने अन्य सुविधा समेत उपलव्ध गराउँदै   लैजाने बताउनु भयो । 
नेता आचार्यले अर्घाखाँचीलाई कृषि, पर्यटन र घरेलु उद्योगबाट पाँच वर्ष भित्रमा देशकै नमूना जिल्ला बनाएर छाड्ने ठोकुवा गर्नु भयो । उहाँले कांग्रेसका उम्मेद्वारहरुले वाम गठवन्धनका उम्मेद्वारहरुको जित सुनिश्चत देखेपछि वाम गठवन्धका उम्मेद्वारहरुलाई अनावश्यक गाली गलौज गर्न थालेको भन्दै आफूहरुले कसैलाई पनि गाली गलौज नगर्ने बताउनु भयो ।
 कार्यक्रममा स्थानीय नेता नवराज श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ कृष्णप्रसाद भुसाल, शोभाखर पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियो ।
 
कार्यक्रममा माओबादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्वार सुसिला श्रीपाली, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा  छत्रदेव गाउँपालिकाका संयोजक भविश्वर पाण्डे, एमाले नेता मुक्ति पाण्डे, युवासंघका जिल्ला अध्यक्ष गोबिन्द आचार्य, वाइसिएलका जिल्ला अध्यक्ष गोबिन्द भुसाल, अनेरास्वबियुका केन्द्रीय सदस्य भरत न्यौपाने, अनेरास्ववियुका अध्यक्ष  प्रदिप नेपाली, अनेरास्ववियुका नेता अर्जुन खनाल, महिला नेतृ मनु पन्थी  लगायतको अतिथ्यता रहेको थियो ।

अन्य समाचारहरु