काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुली नदी खस्दा मृत्‍यु हुनेको संख्या ८ पुग्यो, कयौ घाइते ( मृत्‍यु, घाइते हुनेको नामावली – तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता
चितवन ( अर्घाखाँचीडट्कम)  काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे यात्रुबाहक बस त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ८ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ । २२  जना घाइते भएका छन्।
नमस्ते अर्घाखाँचीकाे लु२ख २९१ नम्बरको बस बुधबार विहान लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको हो ।
घाइते अलपत्र
उद्धार नगरी छाडिएपछि त्रिशूली बस दुर्घटनाका घाइते अलपत्र परेका छन् ।
उद्धारमा पुगेका एम्बुलेन्सले ठाउँ नभएको भन्दै छाडिएपछि दुर्घटनाका दुई घाइते अलपत्र परेका हुन् । घाइते अर्घाखाँची अजुरी-४ की ४९ वर्षीया सरिता न्यौपाने र उनका छोरा केशरमणि न्यौपाने कुरिनघाटको मनोकामना पोलिक्लिनिकमा अलपत्र अवस्थामा छन् ।
अलपत्र परेकी सरिताकी छोरा केशरमणि न्यौपाने ।
अर्का अलपत्र घाइते ध्रुव दोमासेको परिवारले आफ्नै खर्चमा हेलिकप्टर मगाएर बिरामी काठमाडौंको ग्रान्डी अस्पताल पुर्‍याएको छ । उक्त हेलिकप्टरमा घाइते निशा थापा पनि पठाइएको पारिवारिक स्रोतले जनाएको छ । उद्धार गर्नुअघि उनीहरु पनि कुरिनघाटको मनकामना पोलिक्लिनिकमा थिए ।
बस भिरबाट खस्यो, त्यसपछि केही थाहा पाइनँ
अर्घाखाँची सन्धिखर्कबाट आमालाई उपचार गर्न काठमाडौं आएकी तुलसा घर्तिमगर बुधबार घर फर्किदै थिइन्। बिहान ५ः४० मै आमालाई लिएर उनी गोंगबु बसपार्क पुगिन्। बस समयमै हिँड्यो। बसको गति सामान्य नै थियो। चितवनको फिस्लिङ पुग्दा एक्कासि ठूलो आवाज आयो। उनी चढेको बस विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो। बस ठोक्किएपछि ट्रकले पेल्दा बस सडकबाट खसेको उनी सुनाउँछिन्।
‘हाम्रो बसलाई ट्रकले पेल्दै ल्यायो। बस भिरबाट झर्‍यो, त्यसपछि मैले केही थाहा पाइनँ’, थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनले नागरिकन्युजसँग भनिन्, ‘एकैपटक बस त्रिसुलीमा पुगेपछि पौडिएर बाहिर निस्किएँ।’
‘हाम्रो बसलाई ट्रकले पेल्दै ल्यायो। बस भिरबाट झर्‍यो, त्यसपछि मैले केही थाहा पाइनँ’, थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनले नागरिकन्युजसँग भनिन्, ‘एकैपटक बस त्रिसुलीमा पुगेपछि पौडिएर बाहिर निस्किएँ।’
पाैडिएर नदीको किनारमा आएकी उनलाई स्थानीय दुई युवाले उद्धार गरी माथि सडक पुर्‍याए। अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएकी उनी आमाको अवस्था आफूलाई थाहा भएको बताउँछिन्। ‘म त पौडिएर बाँच्न सफल भएँ। तर आमाको अवस्था के छ थाहा छैन,’ भक्कानो छोड्दै उनले सुनाइन्।
सोही दुर्घटनामा परेका सन्धिखर्कका सूर्य भट्टराई पनि नर्भिकको आकस्मिक कक्षमा उपचाररथ छन्। बिहान नैकापबाट अर्घाखाँची जाने बसमा चढेका उनी बसको अघिल्लो सिटमा बसेका थिए। बसले ट्रकलाई ओभरट्याक गर्न खोज्दा ठोक्किएर बस त्रिशुलीमा खसेको उनी बताउँछन्। भाग्यबस उनी भिरमै अडिएकाले बाँच्न सफल भए। ‘बस र ट्रक ठोक्किँदा मेरो टाउको बेसरी ठोक्कियो त्यसपछि के भयो मलाई थाहा छैन,’ भट्टराईले भने। होसमा आउँदा माथि नै अड्किएको अवस्थामा स्थानीयले उद्धार गरेको भट्टराईले बताए।
दुवई जाने भिसा लगाएर घर फर्किदै गरेका उनी दुर्घटनामा परेका हुन्।
दुर्घटनामा परी घाइते भएका तुलसा घर्तिमगर, सूर्य भट्टराईसँगै कमल सुनुवार, सविना थारु तथा पदमबहादुर रायमाझीको नर्भिकमा उपचार भइरहेको छ ।
बस २५ फिट तल फेला
सश्स्त्र प्रहरीका गोताखोरले बसलाई २५ फिट तल फेला पारेका थियो ।  सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई फेला पारेसँगै क्रेन लगाएर निकालिएको थियो ।  चितवनबाट आइरहेको बा ६ ख ४९७२ नम्बरको ट्रकलाई ठक्कर दिएर बस नदीमा खस्न पुगेको थियो ।
उद्धार गरिएका मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १३ जनालाई भरतपुर लगिएको छ । यस्तै  अघि थप ५ जना घाइतेलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारका लागि लगिएको छ। बुधबार विहान बालाजुस्थित बसपार्कबाट २८ जना यात्रुको चलानी लिएर हिँडेका थिए । कलंकी र सडक बीचबाट पनि कति यात्रु बसमा चढे भन्ने खुल्न सकेको छैन ।
८ जना मृतक मध्ये ३ जनाको मात्रै सनाखत भएको छ।
उद्धारकार्यका लागि मुग्लिन, जाेगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टाेली घटनास्थल तर्फ पुगिसकेको छ। बसलाई निकाल्ने प्रयास भइरहेको छ।
मृतकको नामावली:-
१)  लक्ष्मी पौडेल सन्धिखर्क नगरपालिका ८ किमडाँडा, अर्घाखाँची
२) नवराज अधिकारी वर्ष ५२ , अर्घाखाँची
३) अम्मर बहादुर शाही, वर्ष ३२ दैलेख
४) कृष्ण ढकाल, वर्ष ५० बर्दघाट
५) दिपक पाण्डे, वर्ष ३०, देवदह, रुपेन्देही
६) ओम बहादुर सिजापती, वर्ष ३९ वाङ्ला, अर्घाखाँची
७) बिष्णु टन्डन, वर्ष ३०,३२ (ठेगाना थाहा नभएको )
८) सनाखत हुन नसकेको
बस दुर्घटनाका घाइतेको नामावली:-

१) कमल बि. क . कपिलवस्तु
२) धुर्ब भट्टराई, अर्घाखाँची
३) सन्दिप दमासे, २० वर्ष भुमिकास्थान ४ अर्घाखाँची
४) उमादेबी पोखरेल, ३१ वर्षीया कोहलपुर
५) तुलसा घर्तिमगर  (ठेगाना नखुलेको)
६) यम बहादुर क्षेत्री  (ठेगाना नखुलेको)
७) इन्दिरा दमासे  २१ वर्षीया, भुमिकास्थान ४ अर्घाखाँची
८) केशरमणी न्यौपाने  (ठेगाना नखुलेको)
९) पदम बहादुर रायमाझी  (ठेगाना नखुलेको)
१०) निशा थापा  (ठेगाना नखुलेको)
११) सुशील क्षेत्री (ठेगाना नखुलेको)
१२) धुर्ब दमासे धारापानी कल्लेरी, अर्घाखाँची
१३ ) लक्ष्मी पौडेल किमडाँडा पकले, अर्घाखाँची
१४) दधिराम गैरे  (ठेगाना नखुलेको)
१५) राम बहादुर बि. क.  (ठेगाना नखुलेको)
१६) शाबित्रा गौतम सन्धिखर्क कुर, अर्घाखाँची
१७) राजेन्द्र रायमाझी  ३१ वर्ष  सन्धिखर्क ८ अर्घाखाँची
१८) माधब खनाल  ४२ वर्षीय खन मखात, अर्घाखाँची
१९) पवन महत, बाँगी पलासपाटा, अर्घाखाँची
२०)  गोविन्द बहादुर सुनार  ३० वर्ष, सन्धिखर्क ८  अर्घाखाँची
 
र नाम, ठेगाना नखुलेका नावालक बच्चा १ घाइते,   १ महिला, २ पुरुष  रहेका छन् ।

अन्य समाचारहरु