प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । यही मंसिर २१ गते हुन गएको प्रदेश सभा र प्रतिनिधी सभाको दोश्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै अर्घाखाँची जिल्लाभरी शान्ति सुरक्षामा खलबल हुन नदिने उद्देश्यका साथ प्रहरी प्रशासनले अवैध मदिरा नष्ट अभियान सुरु गरेको छ।
यसैक्रममा प्रहरीले बुधवार सन्धिखर्कका बिभिन्न होटलहरुमा छापा मार्दा ५०० लिटर अबैध मदिरा बरामद गरेको छ । उक्त बरामद गरेको मदिरा प्रमूख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरिक्षक एक नारायण कोईराला, प्रमुख अनुसन्धान अधिकृत गोपाल पन्थी लयायतको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको हाता भित्र खाडल खनि सो मदिरा नष्ट गरिएको छ ।
आगामी मंसिर २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरबाट सम्पन्न गराउन मदिरा बेचबिखनमा समेत कडाई गरेको प्रहरीले बताएको छ ।