त्रिशुली नदीमा खसेर दुर्घटना अर्घाखाँचीको बसका मृतक र घाइतेहरुको नामावली यस्तो छ ( घाइतेहरुको उपचार हुँदै गरेको अस्पतालको विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता
चितवन ( अर्घाखाँचीडट्कम)  काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे यात्रुबाहक बस त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ८ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ । २२  जना घाइते भएका छन्।
नमस्ते अर्घाखाँचीकाे लु२ख २९१ नम्बरको बस बुधबार विहान लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको हो ।
सश्स्त्र प्रहरीका गोताखोरले बसलाई २५ फिट तल फेला पारेका थियो ।  सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई फेला पारेसँगै क्रेन लगाएर निकालिएको थियो ।  चितवनबाट आइरहेको बा ६ ख ४९७२ नम्बरको ट्रकलाई ठक्कर दिएर बस नदीमा खस्न पुगेको थियो । बुधबार विहान बालाजुस्थित बसपार्कबाट २८ जना यात्रुको चलानी लिएर हिँडेका थियो ।
ईलाका प्रहरी कार्यालय मुग्लिन चितवनका अनुसार मृत्‍यु भएका सनाखत र चितवन, काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै गरेका घाइतेहरुको नामावली यस्तो छ ।
बस दुर्घटनाका घाइतेको नामावली:-

पुरानो उप्डेट:-


मृतकको नामावली:-
१)  लक्ष्मी पौडेल सन्धिखर्क नगरपालिका ८ किमडाँडा, अर्घाखाँची
२) नवराज अधिकारी वर्ष ५२ , अर्घाखाँची
३) अम्मर बहादुर शाही, वर्ष ३२ दैलेख
४) कृष्ण ढकाल, वर्ष ५० बर्दघाट
५) दिपक पाण्डे, वर्ष ३०, देवदह, रुपेन्देही
६) ओम बहादुर सिजापती, वर्ष ३९ वाङ्ला, अर्घाखाँची
७) बिष्णु टन्डन, वर्ष ३०,३२ (ठेगाना थाहा नभएको )
८) सनाखत हुन नसकेको
बस दुर्घटनाका घाइतेको नामावली:-

नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेका:-

१) सूर्य भट्टराई, ३४ वर्षीय सन्धिखर्क नगरपालिका-१, अर्घाखाँची
कमल सुनार ३२ वर्षीय बुद्धिभूमि नगरपालिका, कपिलवस्तु
तिलसा घर्तीमगर ३५ वर्षीया  सन्धिखर्क-१ अर्घाखाँची
पदम रायमाझी,  २८ वर्षीय शितगंगा नगरपालिका -३, अर्घाखाँची
सविना थारु, १८ वर्षीया बाणगंगा-९, कपिलवस्तु

बिएण्डबी अस्पताल काठमाडौँमा उपचारभइरहेका:-

ध्रुव दमासे  ३४ वर्षीय अर्घाखाँची
निशा थापा १५ वर्षीया अर्घाखाँची
पवन महत २४ वर्षीय
दधिराम गैरे ४० वर्षीय अर्घाखाँची
सरिता न्यौपाने  अर्घाखाँची
रामबहादुर विक अर्घाखाँची
केशरमणि न्यौपाने अर्घाखाँची

अन्य समाचारहरु