धारापानीमा राष्ट्रिय जनमोर्चाको चुनाबी सभा सम्पन्न (तस्बिर सहित)

गोपाल प्रसाद भट्टराई

धारापानी, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बि.सी.ले राष्ट्रिय जनमोर्चाले सधै देश र जनताको अधिकार प्राप्तिका लागि संघर्ष गर्दै आएको र अहिले देशले राष्ट्रप्रमी प्रतिनिधि खोजेको भन्दै राजमोका उम्मेदवारलाई विजय बनाउन आग्रह गर्नुभएको छ । 
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज धारापानीमा सम्पन्न गरेको चुनाबी सभालाई सम्बोधन गर्दै नेता बि.सी.ले यस्तो बताउनुभएको हो । 
कार्यक्रममा प्रदेशसभा क्षेत्र नं. १ का उम्मेदवार सागर के.सी.ले एमाले कांग्रेस र माओवादी केन्द्रले आफ्नो स्वार्थको लागि जस्तोसुकै क्रियाकलाप गर्न पनि पछि नहटेकै कारण देशको राष्ट्रियता संकटमा परेको आरोप लगाउनुभयो । नेता के.सी.ले मुख्य तिन दलले गफमा स्विजरल्याण्ड बनाउने ब्यबहारमा सिन्को समेत नभांच्दा जनताले समेत दुःख पाएको जिकिर गर्नुभयो । 
प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार झविलाल थापा र प्रदेश सभा समानुपातिक उम्मेदवार शकुन्तला रानाले मन्तव्य राख्दै एमाले कांग्रेस र माओवादीमा जनतालाई मानसिक रूपमा भ्रमित र त्रसित बनाएर भोट माग्ने गलत प्रकारको प्रवृत्ति नहटेको भन्दै अब जनता  सचेत रहनुपर्ने उद्घोष गर्नुभयो । 
नारायणप्रसाद भुसालको अध्यक्षता, बावुराम पन्थीको स्वागत मन्तव्य र ठाकुर पन्थीको संचालनमा सम्पन्न भएको कार्यक्रममा, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार कल्पना पोखरेल, उषा पुन, प्रदेश सभा समानुपातिक उम्मेदवार मिना भट्टराई, अखिल (छैंठौं) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई,रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सदस्य विष्णु केसी, अखिल नेपाल शिक्षक संघका जिल्ला सचिव दलबहादुर केसी, अखिल ( छैठौं) पाणिनी बहुमुखी क्याम्पस प्रतिनिधि अभिनव चौहान, प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीका सचिव जितेन्द्र खत्री, भुमिकास्थान नगरपालिका वार्ड नं. १ का वडा अध्यक्ष भोजराज खनाल, २ का अध्यक्ष बुद्धि बहादुर थापा, ४ का अध्यक्ष बावुराम पन्थी, वार्ड ४ का सदस्य चित्रकला केसी, रूपा सुनार, ३ नं. वडा सदस्य रूमलाल पौडेल, हुमबहादुर सुनार, कमला सुनार, कार्यपालिका सदस्य कृष्ण सुनार, पुष्कर भुसाल, कमला जिएम, वयोवृद्ध मानबहादुर खड्का, पुनाराम अधिकारी,चेतबहदुर खत्री,धनबहादुर खड्का लगायतका नेताहरुको आतिथ्यता  आतिथ्यता रहेको  छ । 

अन्य समाचारहरु