अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका बागी-हंसपुरमा १६ वर्ष देखि दाम्लोले बाँधेर राखिएका एक युवालाई विदेशमा बस्ने नेपालीहरुले आर्थिक तथा लत्ताकपडा सहयोग गरेका छन् ।
सन्धिखर्क नगरपालिका वार्ड न -१० बेल्टारीमा जन्मेका हाल वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत समाजसेवी तथा सेवा नै हाम्रो धर्म हो अभियानका अभियान्ता युवराज थापाको पहलमा ३० वर्षीय विष्णुबहादुर थापा क्षत्रीको उपचारको लागि भन्दै ३२ हजार रुपैयाँ र लत्ताकपडा हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम समाजसेवी तथा मोडल युवराज थापा, समाजसेवी यम बहादुर थापा, सुनिल थापा, समाज सेवी श्रीमती कमला थापाको हातबाट पीडित बिष्णु बहादुरलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
साविक हंसपुर-४ मेहेलपानी, लम्धाराका थापा सानैदेखि मिर्गी (छारे) रोग लागी बेला-बेलामा बेहोस हुनुका साथै मानसिक असन्तुलनको समस्या भएको छ । बिष्णुले मानसिक असन्तुलनका कारण बेला बेलामा छर-छिमेकीहरुलाई दुःख दिने, गाईवस्तु फुकाइदिने, कपडा च्यात्ने शैक्षिक सामग्रीहरु नस्ट गरिदिने जस्ता गतिविधि गर्ने गरेकाले गाई भैसीलाई बाध्ने दाम्लाले बाँधेर राख्ने गरेको स्थानीय कमल थापाले बताए ।
घर परिवारले आर्थिक अभावका कारण उनको उपचार गर्न सकेका छैनन् । बिष्णुले विस्तारामै दिसा–पिसाब गर्ने गर्द्छ्न ।
बिष्णु बहादुर थापाको उपचारका लागि सहयोगी दाताहरुको नामावली यस प्रकार छ:-
१)-युवराज थापा रु- ५००० + पीडित बिष्णु बहादुर थापाको लागि लत्ताकपडा –
१ एक- जोर ट्रयाक -शुट
१ एक – जोर गोल्ड स्टार जुत्ता /मज्जा
१ पिस/ टोपी ,
७२ बर्षिय वृद्ध आमाको लागि
१) १ -पिस कटनको धोती
२) १-पिस जाडोमा लगाउने निलो कलरको स्विटर /टोपी
३)१ -जोर जाडोमा लगाउने कालो कलरको जुत्ता /मज्जा
४)१- पिस तातो खालको चोलो !
५)- १पिस बर्को (सल )
२)-कृष्ण शाही ठकुरी रु -३५००
३) -सिता कान्छी ३०००
४)-अर्पण पाण्डे रु – ३०००
५)-रिशाब अर्घा रु- १०००
६)-बाबुराम राना रु -२८५०
७ ) -केशब् ढकाल -२१५०
८)-पदम महत् – १०००
९)-कमल शर्मा -१०००ं
१० )- कमला छेत्री -२०००
११)-पायल मगर -२७००
१२)-लब्ली भट्टराई -२७००
१३)-कमल परियार -१०००
१४)-हरिश विश्वकर्मा -१०००
समाजसेवी युवराज थापाको बारेमा:-
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -१० साबिक बेल्टारी निवासी बुवा हुम बहादुर थापा र आमा कुमारी थापाको राइलो सन्तानको रुपमा जन्मिएका युवराज थापा बिगत ३ तिन साल देखि अर्घाखाँची जिल्लाका विभिन्न गाउँ-ठाउँमा जगन्य रोग र आर्थिक अभावको कारण घरमै रोगबाट थला परेका रोगीहरुलाई आर्थिक सहयोग गर्दै आएका छन । यति मात्रै नभई अर्घाखाँचीको बिकास क्षेत्रमा पनि महत्त्वपूर्ण भुमिका निभाएका छन् । थापाले आफ्नो गाउँ बेल्टारीमा आफ्नो ब्याक्तिगत लगानिमा युवा पिडीहरु र खेलप्रेमि युवाहरुलाई लक्षित गरि ७ लाख बराबरको खेल मैदान आफ्ना स्वर्गीय पिता हुम बहादुर थापाको नाममा निर्माण गरिदिएका छन । उनले आफ्ना गाउँका मठ मन्दीरमा बिहान बेलुका भजन बज्ने माइकहरु, एम्प्लिफायरहरु लगाइदिएका छन् ।
यस्तै उनी बिदेशी भुमिमा, कार्यरत रहेता पनि उनको मन र साथ दिनरात चिन्ता अर्घाखाँची जिल्लाकै रहेको देखिन्छ । युवराजले जिल्लामा नव निर्माण हुने बगैंचा, मठ मन्दिरमा पनि सहयोग रकम प्रधान गर्दै आएका छन् ।
साच्चै नै भन्ने हो भने अर्घाखाँची जिल्लामा मृगौला फेल भयेर मृगौला प्रत्यारोपण गर्न आर्थिक रकम नभई हस्पिटलकै बेडमा मृत्युुसँग दिनरात संघर्ष गरिरहेका कयौ मृगौला पीडितहरुको लागि युवराज थापा एक भगवानको रुप नै भएर निक्लिएका बताउन्छन् स्थानियबासीहरु । उनले बिदेशी भुमिमा बसेर पनि आर्थिक रकम संकलन गर्न सेवा नै हाम्रो धर्म हो भन्ने अभियान चलाई लाखौ आर्थिक सहयोग रकम संकलन गरि ४-५ जना मिर्गौला पीडितलाई नयाँ जिवनदान दिएका छन् र उनका यस्ता उदाहरणहरु जिल्लामा धेरै नै रहेका देखिन्छन् ।