सन्धिखर्कको रतले बजारबाट पेस्तोल र गोली सहित विप्लव समूहका एक कार्यकर्ता प्रकाउ

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । यही मंसिर २१ गते हुन गईरहेको प्रदेश सभा र प्रतिनिधी सभाको दोश्रो चरणको निर्वाचन नजिकिदै गर्दा नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका एक कार्यकर्ता अर्घाखाँची जिल्लाको सन्धिखर्कको रतले बजार घरमा पेस्तोल सहित प्रकाउ परेका छन् । 
सन्धिखर्क नगरपालिका-१ रातलेका ६० वर्षीय शालिकराम खनाल भन्ने गोबिन्द खनाललाई उनको घरको बाकसभित्र प्लाष्टिकले बेरी लुकाई राखिएको कटुवा पेस्तोल १ थान, त्यसको गोली लाईब ६ राउण्ड तथा लोडमा रहेको १ राउण्ड गरी जम्मा ७ राउण्ड सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 
 घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अर्घाखाँचीडट्कमलाई बताएको छ । 
Image result for प्रहरी कार्यालय अर्घाखाँची

अन्य समाचारहरु