गोपाल प्रसाद भट्टराई
चाक्ला, अर्घाखाँची । आसन्न निर्बाचनको प्रचार-प्रसारको कार्यक्रमलाई तिब्र पारेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज शितगंगाको ठाडा र चाक्लामा चुनाबी सभा, घरदैलो, जनभेटघाट, अन्तरक्रिया लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा का नेता शेर बहादुर बि.सी.,प्रदेश सभा निर्बाचन क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा, केन्द्रिय प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्धार उषा पुन, प्रदेश सभा समानुपातिक उम्मेद्धार सकुन्तला राना, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष पशुपति ढकाल,नेताहरु गोविन्द थापा,नेत्र वेल्वासे लगायतको सहभागिता रहेको थियो ।
चनाबी कार्यक्रममा मतदाताहरुसंग कुराकानी गर्दै उहांहरुले जनता संग एउटा बोल्ने केन्द्रमा काम अर्कै गर्नेहरुले गर्दा राजनितिमा दुर्गन्धको गन्ध आएको भन्दै राजनितिक बिकृतिको अन्त्य गरि राष्ट्रिय समृद्धिको काममा अग्रसर हुन आफुहरुलाई भोट दिन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
उहांहरुले नेपालमा बैदेशिक हस्तक्षेपले गर्दा राष्ट्रियता संकटमा परेको घडिमा राष्ट्रघाती बुंदालाई संशोधन गर्दै संबिधान कार्यान्वयन गर्नु अहिले जनप्रतिनिधिको मूख्य भुमिका हुनेहुनाले सोही अनुसार काम गर्न आफुहरुले उम्मेद्धारी दिएको स्पष्ट पार्नुभएको छ ।