राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्दारा देश बिखण्डन हुनबाट जोगाउन सही पार्टी र उम्मेद्धारलाई भोट हाल्न आग्रह

गोपाल प्रसाद भट्टराई

सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर पांचका सदस्य तथा अर्घाखाँचीका नेता शेर बहादुर बि.सी.ले आसन्न प्रतिनिधि र प्रदेशको निर्बाचन नयां संविधान कार्यान्वयनको मूख्य आधार भएको बताउंदै निर्बाचन सभ्य र भव्य रुपमा सम्पन्न गर्न सरोकारवाला सबै एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
आसन्न निर्बाचनमा राष्ट्रप्रेमी र बिखण्डनवादी बिचको लडाई भएको भन्दै नेता बि.सी.ले देश बिखण्डन हुनबाट जोगाउनको निम्ती सही पार्टी र उम्मेद्धारलाई भोट हाल्न आग्रह समेत गर्नुभएको छ ।
नेता बि.सी.ले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै निर्बाचन जितेपछि संविधान संशोधन मार्फत देशलाई बिखण्डन गरि भारतलाई बुझाउने खेलमा केही दल लागेको आरोप लगाउंदै आसन्न निर्बाचनमा मतदाताहरु सचेत भएर देशप्रेमी दल र उम्मेद्धारलाई भोट हाल्न अपिल गर्नुभएको छ । 
नेता बि.सी.ले जारी गरेको बिज्ञप्तीमा माथी उल्लेखित कुराहरुलाई ध्यानमा राख्दै राष्ट्रिय जनमोर्चाको केन्द्रिय निति अनुसार अर्घाखाँचीमा प्रतिनिधि सभामा बाम गठबन्धनका उम्मेद्धार टोप बहादुर रायमाझी र प्रदेश सभा क्षेत्र नम्बर १ र २ मा क्रमशःसागर के.सी. र झविलाल थापालाई मतदान गर्न आग्रह गरिएको  छ ।

अन्य समाचारहरु