ढिकुरा र धनचौरका बिभिन्न स्थानमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा र घरदैलो कार्यक्रम सम्पन्न


गोपाल प्रसाद भट्टराई
धनचौर, अर्घाखाँची । आसन्न मंसिर २१ गते हुने निर्वाचन प्रचार-प्रसारको अन्तिम दिन पनि राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जिल्लाका बिभिन्न ठाउंमा चुनाबी कार्यक्रम सम्पन्न गरेको छ ।
जस अन्तरगत एउटा टोलीले आज भुमिकास्थान ९ ढिकुरा र १० धनचौरका बिभिन्न स्थानमा जभेटघाट,घरदैलो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको उक्त पार्टीले जनाएको छ । 
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल,अखिल (छैठौं)का केन्द्रीय सदस्य गोपाल प्रसाद भट्टराई,राष्ट्रिय जनमोर्चा धनचौरका नेताहरु विनोद गैरे, विष्णु प्रसाद भट्टराई, पवन राना, ढिकुराका नेताहरु नारायण घिमिरे, भरत घिमिरे,लक्ष्मण खत्री र सुन्दरा रायमाझी,  लगायतको सहभागिता रहेको थियो ।
चुनाबी कार्यक्रममा जनतासंग आफ्ना एजेन्डा प्रस्तुत गर्दै नेता गोपाल पौडेलले सत्तामा पुग्न चुनाबको भ-याङ्ग बनाउनेहरुले बांडेका  झुठा आस्वासन र बिभिन्न दबाबमा परि जनताले मतदान गर्नाले देशमा आर्थिक,सामाजिक र सांस्कृतिक बिकृति मौलाउंदै गएको भन्दै आसन्न निर्बाचनमा सचेत भएर भोट हाल्न मतदाताहरुलाई आग्रह गर्नुभएको  छ ।

अन्य समाचारहरु