(प्रकासित मिती- २०७४ मसिर १८, सोमवार)
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा राष्ट्रिय जनमोर्चाले अन्तत: आफ्ना सम्पुर्ण उम्मेदवार फिर्ता लिई बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेद्द्वार टोप बहादुर रायमाझी, प्रदेश सभा क्षेत्र नम्बर १ का चेतनारायण आचार्य ( नेकपा एमाले ) र प्रदेश सभा क्षेत्र नम्बर २ का रामजी प्रसाद घिमिरे ( नेकपा एमाले ) लाई सघाउने भएको छ ।
बाम गठबन्धन र राष्ट्रिय जनमोर्चा बिच भएको सम्झौता अनुसार एमाले र माओवादी केन्द्रले प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभा सदस्य कोटाबाट राष्ट्रिय जनमोर्चालाई मनोनयन गर्ने, समानुपातिकमा गिलास चिन्हमा मतदान गर्ने सहमती भएको छ ।
राष्ट्रिय जनमोर्चाका प्रदेश सभा क्षेत्र नम्बर १ उम्मेदवार सागर के. सी र प्रदेश सभा क्षेत्र नम्बर-२ झबिलाल थापाले क्रमश क्षेत्र नम्बर १ का चेतनारायण आचार्य र प्रदेश सभा क्षेत्र नम्बर २ का रामजी प्रसाद घिमिरेलाई सघाउने छन् ।
यस अगाडि प्रतिनिधि सभाका उम्मेद्वार शेर बहादुर बिसीले टोप बहादुर रायमाझीलाई सघाउने घोषणा गरेका थिए ।
सम्झौता पत्र यस्तो छ>