(प्रकासित मिती- २०७४ मसिर १८, सोमवार)
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची मसिर १८, सोमवार (अर्घाखाँचीडट्कम) । यही मंसिर २१ गते हुन गईरहेको आम निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले अर्घाखाँची जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नं. १, २ निर्वाचन सजिलै चुनाव जित्ने अनुमान गरिएको छ ।
आज सोमबार साँझ प्राप्त समाचार अनुसार जिल्लामा अर्को तेस्रो शक्ति राष्ट्रिय जनमोर्चाले समेत बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार टाेपबहादुर रायमाझी र प्रदेश सभा क्षेत्र नं. १ चेतनारायण आचार्य ( एमाले) र प्रदेश सभा क्षेत्र नं. २ मा रामजीप्रसाद घिमिरे ( एमाले) लाई सघाउने भएपछि प्रतिनिधि सभा, प्रदेश सभा चुनाव जित्ने लगभग पक्का भएको हो । यस्तै कांग्रेसलाई चुनाव जित्न फलाम चपाएर निल्न सरह हुनेछ । जित्ने अवस्था न्युन रहेको छ ।
मंसिर महिनाको शुरुवात देखि मंसिर १८ गते सोमबारसम्म अर्घाखाँची डट्कमले विगतका पहिलो, दोस्रो संविधानसभाको निर्वाचन, असार १४ मा सम्पन्न स्थानिय निर्वाचन, राष्ट्रिय जनमोर्चाले सघाउने निर्यण गरेसँगै र जिल्लाका विभिन्न ठाउँमा गरेको अध्ययन, प्रक्षेपण अनुसार मंसिर २१ गते हुन गईरहेको आम निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधि सभामा बाम गठबन्धन उम्मेदवार टाेपबहादुर रायमाझी (माआेवादी केन्द्र) ले प्रतिद्वन्दी कांग्रेसका डा. रामबहादुर बिसीलाई हराउने छन् । यस्तै प्रदेश सभा क्षेत्र नं. १ मा बाम गठबन्धनका चेतनारायण आचार्य ( एमाले) ले प्रतिद्वन्दी कांग्रेसका बिष्णु खनाल मुस्कानलाई र प्रदेश सभा क्षेत्र नं. २ मा बाम गठबन्धनका रामजीप्रसाद घिमिरे ( एमाले) ले प्रतिद्वन्दी कांग्रेसका हिम्मत टण्डनलाई हराउने छन् ।
यस्तै बाम गठबन्धनका उम्मेदवार टाेपबहादुर रायमाझीले कम्तिमा पनि ६ हजार भन्दा बढी मत लिएर प्रतिद्वन्दी नेपाली कांग्रेसका डा. रामबहादुर बिसीलाई प्रतिनिधि सभा चुनाव हराउने अनुमान गरिएको छ । यस्तै प्रदेश सभा क्षेत्र नं. १ मा बाम गठबन्धनका चेतनारायण आचार्य ( एमाले) ले कम्तिमा पनि ५ हजार भन्दा बढी मत लिएर प्रतिद्वन्दी कांग्रेसका बिष्णु खनाल मुस्कानलाई र प्रदेश सभा क्षेत्र नं. २ मा बाम गठबन्धनका रामजीप्रसाद घिमिरे ( एमाले) ले कम्तिमा पनि ३ हजार भन्दा बढी मत लिएर प्रतिद्वन्दी कांग्रेसका हिम्मत टण्डनलाई हराउने अनुमान गरिएको छ ।
साथै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश सभामा उम्मेदवारी रहेका दिपक कुवँर र अम्मर थापाले आफ्नो उम्मेदवारी फिर्ता लिई कांग्रेसका उम्मेदवार विष्णु मुस्कान र हिम्मत टण्डनलाई सघाउने भएका छन् ।
यसपटक जिल्लाभरबाट प्रतिनिधी र प्रदेश सभा सभामा कुल १ लाख ३८ हजार ३ सय २८ मतदातामा ७० प्रतिशत अर्थात ९६ हजार ८ सय २९ भोट् खस्ने अनुमान जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ ।
राष्ट्रिय जनमोर्चाद्दारा अन्तत: आफ्ना सबै उम्मेदवारी फिर्ता
आज सोमबार साँझ प्राप्त समाचार अनुसार जिल्लामा राष्ट्रिय जनमोर्चाले अन्तत: आफ्ना सम्पुर्ण उम्मेदवार फिर्ता लिई बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेद्द्वार टोप बहादुर रायमाझी, प्रदेश सभा क्षेत्र नम्बर १ का चेतनारायण आचार्य ( नेकपा एमाले ) र प्रदेश सभा क्षेत्र नम्बर २ का रामजी प्रसाद घिमिरे ( नेकपा एमाले ) लाई सघाउने भएको छ ।
बाम गठबन्धन र राष्ट्रिय जनमोर्चा बिच भएको सम्झौता अनुसार एमाले र माओवादी केन्द्रले प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभा सदस्य कोटाबाट राष्ट्रिय जनमोर्चालाई मनोनयन गर्ने, समानुपातिकमा गिलास चिन्हमा मतदान गर्ने सहमती भएको छ ।
राष्ट्रिय जनमोर्चाका प्रदेश सभा क्षेत्र नम्बर १ उम्मेदवार सागर के. सी र प्रदेश सभा क्षेत्र नम्बर-२ झबिलाल थापाले क्रमश क्षेत्र नम्बर १ का चेतनारायण आचार्य र प्रदेश सभा क्षेत्र नम्बर २ का रामजी प्रसाद घिमिरेलाई सघाउने छन् ।
यस अगाडि प्रतिनिधि सभाका उम्मेद्वार शेर बहादुर बिसीले टोप बहादुर रायमाझीलाई सघाउने घोषणा गरेका थिए ।
पछिल्लो समय माओवादी केन्द्रको अवस्था निकै कमजोर
अर्घाखाँची जिल्लामा पछिल्लो समय माओवादी केन्द्रको अवस्था निकै कमजोर भएको देखिएको छ । माओवादी पटक-पटक विभाजन भएपछि माओवादी केन्द्रबाट बाम गठबन्धन भित्र एमालेका दुवै प्रदेश उम्मेद्वारलाई मत कम आउने छन्। जिल्लामा नयाँ शक्ति पार्टी, मोहन वैद्यको क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको पनि जिल्लामा राम्रै प्रभाव देखिएको छ । जसले गर्दा जनसमर्थनका आधारमा माओवादी केन्द्र राष्ट्रिय जनमोर्चा भन्दा तल चौथो स्थानमा पुगेको छ ।
यस्तै स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले प्रदेश सभामा चुनाव भएको खण्डमा बाम गठबन्धनलाई हराउन कांग्रेसलाई भोट् दिने भएको छ । माओवादी केन्द्रले स्थानिय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर भूमिकास्थानमा मेयर, सन्धिखर्क र शितगंगा नगरपालिकामा उपमेयर जित्न सफल भएको थियो । छुट्टा-छुट्टै निर्वाचन लडेको भए कांग्रेस र एमालेले मात्र भूमिकास्थान बाहेक जिल्लाभर जित्ने थिए । भूमिकास्थानमा राष्ट्रिय जनमोर्चाले कांग्रेस माओवादी गठबन्धन भन्दा ७८८ मतले हारेको थियो ।
संविधानसभा निर्वाचन २०७० मा एमाले र माओवादीको ४६,०५६ मत, कांग्रेसको २५,२७० मत
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट एकीकृत नेकपा माओवादीले १२,२८६ मत र एमालेले १०,२४० मत गरी कुल २२,५२६ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसले ११२३४ मत ल्याएको थियो । यस्तै क्षेत्र नं. २ बाट एमालेले १६,६५० मत र एकीकृत नेकपा माओवादी ६,८८० मत गरी कुल २३,५३० मत प्राप्त गरेका थिए भने नेपाली काँग्रेसले १४०३६ मत ल्याएको थियो ।
अर्घाखाँची जिल्ला क्षेत्र नं. १ र २ बाट एमाले र माओवादीले कुल ४६,०५६ मत ल्याएका थिए भने नेपाली कांग्रेसले क्षेत्र नं. १ र २ बाट २५,२७० मत ल्याएको थियो ।
जस अनुसार पहिलो सविधान सभा निर्वाचनमा र २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट एकीकृत नेकपा माओवादीका टोपबहादुर रायमाझी विजयी भएका थिए । रायमाझीले १२२८६ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्दी नेपाली काँग्रेसका डा. राम बहादुर वि.सीले ११२३४ मत ल्याएको थिए । यस्तै एमालेले १०२४० मतका साथ तेश्रो स्थानमा प्राप्त गरेको थियो । रायमाझीले प्रतिद्वन्दी नेपाली काँग्रेसका डा. राम बहादुर वि.सी.लाई करीव एक हजार मतले पराजित गरेका थिए ।
यस्तै दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. २ बाट नेकपा एमालेका डा. दुमन थापा विजयी भएका थिए । थापाले प्रतिद्वन्दी नेपाली काँग्रेसका पुष्पा भुसाललाई २६०० बढि मतले पराजित गर्दै विजयी भएका थिए । थापाले १६६५० मत प्राप्त गरेका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले १४०३६ मत ल्याएको थियो भने एकीकृत नेकपा माओवादी ६८८० मतका साथ तेश्रो स्थानमा रहेको थियो ।
असार १४ मा सम्पन्न स्थानिय निर्वाचनमा ४ स्थानको प्रमुखमा कांग्रेस र २ वटामा बाम गठबन्धन
जिल्लाभर २०७४ आषाढ १४, बुधवार सम्पन्न स्थानिय निर्वाचनमा कुल मतदाता संख्या १२६,७१७ मध्ये ९०,२५० मतदान अर्थात ७१.२२% मत खसेको थियो ।
स्थानिय निर्वाचनमा जिल्लामा ६ नगरपालिका र गाउँपालिकाका मध्ये सबैभन्दा बढी ४ स्थानको प्रमुखमा कांग्रेसले जितेको छ भने बाम गठबन्धनका माओवादी केन्द्र र एमालेले २ वटा प्रमुखमा जितेका छन् । जसमा कांग्रेसबाट सन्धिखर्क नगरपालिकामा कमलप्रसाद भूसाल, शितगंगा नगरपालिकामा सूर्यप्रसाद अधिकारी, पाणिनी गाउँपालिकामा अच्युत गौतम र छत्रदेव गाउँपलिकामा लेखनाथ पोखरेलले जितेका छन् । र बामगठबन्धन भित्र भूमिकास्थान नगरपालिकामा माओवादी केन्द्रका रेशम थापा र मालारानी गाउँपालिकामा एमालेका बालकृष्ण आचार्यले जितेका थिए ।
यस्तै स्थानिय निर्वाचनमा अर्घाखाँचीका ३ नगरपालिका र ३ गाउँपालिकाका ६१ वार्ड मध्ये नेपाली कांग्रेसले २५ वटा वार्ड, एमालेले २५ वटा वार्ड, माओवादी केन्द्रले ७ वार्ड र राष्ट्रिय जनमोर्चाले ४ वटा जितेका थिए ।
जिल्लाभरको स्थानिय निर्वाचनको परिणाम विवरण यस्तो छ:-
सन्धिखर्क नगरपालिका
(४,५,८,९,१०,११,१२ नं वार्ड प्रदेशसभा क्षेत्र नम्बर १ मा र बाँकी १,२,३,६,७ नं वार्ड क्षेत्र नम्बर २ मा )
सन्धिखर्क नगरपालिकामा मेयर नेपाली कांग्रेसका कमलप्रसाद भूसालले ८२३० मत लिएर बिजयी भएका थिए भने पराजित एमालेका कृष्णप्रसाद श्रेष्ठ ७१२७ मत लिएका थिए । यस्तै सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसले ६ वटा वार्ड जितेको थियो भने एमालेले ५ वार्ड र माओवादी केन्द्रले १ वार्ड जितेको थियो । नेपाली कांग्रेसबाट ३ वार्डबाट नेपाली कांग्रेस लिला गौतम, ४ वार्डबाट नेपाली कांग्रेस कृष्ण प्रसाद श्रेष्ठ ( ठाकुर ), ५ वार्डबाट नेपाली कांग्रेस राजेन्द्र भुसाल, ६ वार्डबाट नेपाली कांग्रेस कृष्ण बहादुर आचार्य, ७ वार्डबाट नेपाली कांग्रेस पृतम थापा, १२ वार्डबाट नेपाली कांग्रेस नारायण खड्काबाट जितेको थियो । साथै सन्धिखर्क नगरपालिकामा नेकपा एमालेबाट १ वार्डबाट एमाले युबराज बन्जाडे, २ वार्डबाट एमाले मोतिजंग रायमाझी वन्जाडे, ८ वार्डबाट नेकपा एमाले इश्वरी प्रसाद भुसाल, १० वार्डबाट नेकपा एमाले लक्ष्मी नारायण चुदाली र ११ वार्डबाट नेकपा एमाले धुर्वराज आचार्यले जितेका थिए । र ९ वार्डबाट माओवादी केन्द्रका देवी बहादुर रायमाझीले जितेका थिए ।
भूमिकास्थान नगरपालिका
(१,२,३,४ नं वार्ड प्रदेशसभा क्षेत्र नम्बर १ मा र बाँकी ५,६,७,८,९,१०, नं वार्ड क्षेत्र नम्बर २ मा )
भूमिकास्थान नगरपालिकामा माओवादी केन्द्रका रेशम थापा ५३३० मत लिएर बिजयी भएका थिए भने पराजित राष्ट्रिय जनमोर्चा कविराम खनालले ४५४२ मत लिएका थिए । र एमाले पीताम्बर भूसालले ४२५० मत लिएका थिए । यस्तै भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले ४ वटा वार्ड, नेपाली कांग्रेसले १ वटा वार्ड, एमालेले ४ वार्ड र माओवादी केन्द्रले १ वार्ड जितेका थिए । राष्ट्रिय जनमोर्चाबाट १ वार्डबाट राष्ट्रिय जनमाेर्चा भाेजराज खनाल, २ वार्डबाट राष्ट्रिय जनमाेर्चा बुद्धि बहादुर थापा, ४ वार्डबाट राष्ट्रिय जनमाेर्चा बाबुराम सुनार र ५ वार्डबाट राष्ट्रिय जनमोर्चा तुल्सि बेल्बासे नेकपा एमालेबाट ७ वार्डबाट नेकपा एमाले तारा मल्ल, ८ वार्डबाट एमाले कुमार श्रेष्ठ, ९ वार्डबाट एमाले नारायण प्रसाद खनाल र १० वार्डबाट एमाले खगेश्वर पन्थीले जितेका थिए भने माओवादी केन्द्रबाट ३ वार्डबाट माअाेबादी केन्द्र बालकृष्ण बन्जाडेले जितेका थिए ।
शितगंगा नगरपालिका ( प्रदेशसभा क्षेत्र नम्बर २ मा)
शितगंगा नगरपालिकामा नेपाली कांग्रेस सूर्यप्रसाद अधिकारीले ८६७७ मत लिएर विजयी भएका थिए भने पराजित एमालेका वसन्तकुमार श्रेष्ठले ६९९० मत लिएका थिए । वार्डमा नेपाली कांग्रेसले ८ वार्ड, एमाले ३ वार्ड र माओवादी केन्द्रले २ वार्ड जितेको थियो । जसमा नेपाली कांग्रेसबाट ३ वार्डबाट नेपाली कांग्रेस हेमनाथ भुसाल, ४ वार्डबाट नेपाली कांग्रेस दामोदर अधिकारी, ५ वार्डबाट नेपाली कांग्रेस कमल पौडेल, ७ वार्डबाट नेपाली काङ्ग्रेस मोहन पन्थी, १० वार्डबाट कांग्रेस हिम्मत पोख्रेल, ११ वार्डबाट नेपाली कांग्रेस कपिल अाले, १२ वार्डबाट नेपाली कांग्रेस बाबुराम गैरे र १४ वार्डबाट नेपाली कांग्रेस दामोदर न्यापानेले जितेका थिए । यस्तै एमालेबाट १ वार्डबाट एमाले बुद्धि कृष्ण पौडेल, २ वार्डबाट नेकपा एमाले गोबर्धन थापा र ६ वार्डबाट एमाले ॠषि रेग्मीले जितेका थिए । साथै माओवादी केन्द्रबाट ८ वार्डबाट माअाेबादी केन्द्र रुपेस अाले मगर र ९ वार्डबाट माओवादी भीम केसीले जितेका थिए ।
पाणिनी गाउँपालिका ( प्रदेशसभा क्षेत्र नम्बर २ मा)
पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसका अच्युत गौतमले ५९७७ मत लिएर बिजयी भएका थिए भने पराजित एमाले जीवनारायण कोइरालाले ५४८५ मत लिएका थिए । यस्तै वार्डमा नेपाली कांग्रेसले ४ वार्ड, एमालेले ४ वार्ड जितेका थिए । जसमा नेपाली कांग्रेसबाट १ वार्डबाट कांग्रेस शालिकराम भट्टराई, २ वार्डबाट कांग्रेस शालिकराम भट्टराई, ४ वार्डबाट काग्रेसका थानेश्वर घिमिरे र ६ वार्डबाट नेपाली कांग्रेस सुब बहादुर सारुले जितेका थिए भने एमालेबाट ३ वार्डबाट नेकपा एमाले देब बहादुर केसी, ५ वार्डबाट एमाले जिवलाल घिमिरे, ७ वार्डबाट नेकपा एमाले गुनाखर अधिकारी र ८ वार्डबाट नेकपा एमाले मिनराज अर्यालले जितेका थिए ।
मालारानी गाउँपालिका ( प्रदेशसभा क्षेत्र नम्बर १ मा)
मालारानी गाउँपालिकामा एमालेका बालकृष्ण आचार्यले ५८५३ मत लिएर बिजयी भएका थिए भने पराजित माओवादीका केन्द्र पदम क्षत्रीले ४९७६ मत लिएका थिए । यस्तै वार्डमा एमालेले ६ वार्ड र माओवादी केन्द्रले ३ वार्ड जितेको थियो । जसमा एमालेबाट १ वार्डबाट एमाले बालकृष्ण आचार्य, २ वार्डबाट एमाले विनोद भुसाल, ३ वार्डबाट नेकपा एमाले जीवन चौहान, ४ वार्डबाट नेकपा एमाले बिष्णु पोखेरेल, ७ वार्डबाट नेकपा एमाले खडक प्रसाद भुसाल र ८ वार्डबाट एमाले नरेन्द्र बस्नेतले जितेका थिए । साथै माओवादी केन्द्रबाट ५ वार्डबाट माओवादी केन्द्र शोभाखर भुसाल, ६ वार्डबाट माओबादी केन्द्र नारायण अर्याल र ९ वार्डबाट माओवादी केन्द्र थनबहादुर पुन मगरले जितेका थिए ।
छत्रदेव गाउँपलिका ( प्रदेशसभा क्षेत्र नम्बर १ मा)
छत्रदेव गाउँपलिकामा नेपाली कांग्रेसका लेखनाथ पोखरेलले ६०२७ मत लिएर विजयी भएका थिए भने पराजित एमालेका ऋषिराम अधिकारीले ४८४१ मत लिएका थिए । यस्तै वार्डमा नेपाली कांग्रेसले ६ वार्ड जितेको थियो भने एमालेले २ वटा वार्ड जितेको थियो । जसमा कांग्रेसबाट १ वार्डबाट नेपाली कांग्रेस प्रकाश् राज पन्थी, २ वार्डबाट कांग्रेस राजेश कुमार पन्थी, ४ वार्डबाट नेपाली कांग्रेसका अशोक श्रेष्ठ, ५ वार्डबाट कांग्रेस बालकृष्ण श्रेष्ठ, ६ वार्डबाट कांग्रेस कमल पौडेल र ८ वार्डबाट नेपाली कांग्रेस राज कुमार श्रेष्ठले जितेका थिए । यस्तै एमालेबाट ३ वार्डबाट नेकपा एमाले तेज प्रसाद खनाल र ७ वार्डबाट नेकपा एमाले शाेभाखर पाण्डेले जितेका थिए ।
रायमाझीलाई युवावर्गबाट समेत बढी मत
अर्घाखाँची जिल्लामा काम भन्दा पनि नामले बिकासबादी नेता भनेर चिनेका टोप बहादुर रायमाझीलाई युवावर्गबाट समेत बढी मत पर्न सक्ने देखिन्छ । जिल्लाबाट २ पटक सम्म निर्वाचित भएर गएका रायमाझी स्थानिय बिकासमन्त्री देखि उपप्रधानमन्त्री सम्म भए । जिल्लामा डोरपाटन सडक अहिले सम्म सम्पन्न हुन सकेको छैन् भने अर्घामा विमानस्थल निर्माण कुरामा मात्र सिमित छ ।
रायमाझी पटक- पटक उपप्रधान तथा उर्जा मन्त्री, भौतिक योजना तथा पुन निर्माण मन्त्री, स्थानीय विकास मन्त्री भए तर जिल्लाको अवस्था उस्तै छ । रायमाझीले जिल्लालाई एक गुन लगाएका छन् त्यो भनेको उनी चुनाव जितेपछि वा मन्त्री भएपछि जिल्लामा महिना-महिनामा गृह जिल्ला आउने । जिल्लामा जन्मेका अन्य नेताहरु काठमाडौं छिरे पछि गृह जिल्ला अाउन छाडेको देखिन्छ । तर बिकासका लागि उर्जा, भौतिक योजना तथा पुन निर्माण मन्त्री, स्थानीय विकास जस्ता शक्तिशाली मन्त्रालय पाएका र जिल्लालाई सञ्चै नै नमुना जिल्ला बनाउने सक्ने अवस्था रहेको बेलामा पनि रायमाझीले केही गरेनन् । जिल्लामा आउँदा हरेक पटक कुनै न कुनै आश्वासन दिन छोडेनन्, अर्घाखाँचीबासीले फुलमालाले भव्य स्वागत गरे, बिकासबादी नेता भनेर उपाधी पनि दिए ।
यस्तै जिल्लामा पर्यटन विस्तार, विधुत, खानेपानी लगायतका कयौ कार्य गर्ने भनेता पनि रायमाझीले अहिले सम्म केही गर्न सकेका छैनन् । गोरसिङे सन्धिखर्क सडक खन्डको अवस्था उस्तै छ । तर रायमाझीले जिल्लाबासीलाई एक गुन लगाएका छन् त्यो भनेको उनी महिना – महिनामा मन्त्री हुँदा वा नहुँदा जिल्ला आउने जाने गर्द्छन् । जिल्लामा जन्मेका अन्य नेताहरु काठमाडौं छिरे पछि गृह जिल्ला अाउन छाडेको देखिन्छ । त्यस्तै ५ नम्बर प्रदेशलाई टुक्राउन नदिने अभियानमा रायमाझीले खेलेको भूमिकालाई जिल्लाबासीले प्रशसा गरेको देखिन्छ । अन्तत रायमाझीले सविधान संसोधनको पक्षमा मतदान गरेका थिए ।
चुनावी प्रतिस्पर्दामा उत्रिएका उम्मेदवारहरुको विवरण :-
प्रतिनिधि सभा
(१) टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन)
(२) डा. राम बहादुर बि.सी (नेपाली कांग्रेस )
(३) भोजराज दमासे ( एकीकृत रा. प्र. पा. राष्ट्रवादी)
(४) छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल )
(५) बिष्णु प्रसाद मिश्र ( विबेकशिल साझा पार्टी )
(६) बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन )
(७) डिल्लीराज भुसाल ( स्वतन्त्र )
प्रदेश सभा क्षेत्र नम्बर १
(१) बिष्णु प्रसाद खनाल ( नेपाली कांग्रेस )
(२) चेतनारायण आचार्य ( नेकपा एमाले )
(३) गोकर्ण बहादुर थापा क्षेत्री ( नयाँ शक्ति पार्टी )
(४) हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी )
प्रदेश सभा क्षेत्र नम्बर-२
(१) हिम्मत बहादुर टण्डन( नेपाली कांग्रेस )
(२) रामजी प्रसाद घिमिरे ( नेकपा एमाले )
(४) बिना सुनार (नेकपा माले )
(४) गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी )
(५) टुकमान हिताङ (मनिष सिंह) (नयाँ शक्ति पार्टी नेपाल )
मतदाता संख्या १,३८,३२८ जना
अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागी एक लाख ३८ हजार ३ सय २८ जनाले मतदान गर्न पाउँने भएका छन् ।जिल्लामा महिला मतदाता ७१,३५०