वाङ्लामा निर्वाचनको पुर्व सन्ध्यामा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीचमा झडप, दुई जना घाइते

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँचीडट्कम (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ४ वाङ्लामा भोली बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पुर्व सन्ध्यामा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीचमा झडप भएको छ ।  चुनावको बिषयलाई लिएर एक आपसमा भएको थियो । 
वाङ्लाको नाँङगेठाँटी हुलाकमा स्थानीय नेपाली कांग्रेसका कार्यकर्ता र माओबादी केन्द्रका समुह बीचमा झडप भएको छ । झडपमा माओबादी केन्द्रका वार्ड अध्यक्ष जनार्दन खनाल र स्थानीय सदस्य हुम बहादुर बि.क घाइते भएका छन् । 
कांग्रेसका वार्ड अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ ( ठाकुर ) र सदस्य चोपलाल श्रेष्ठ लगायतको समुहले माओबादी केन्द्रका वार्ड अध्यक्ष जनार्दन खनाल र स्थानीय सदस्य हुम बहादुर बि.कलाई कुटपिट गरेका छन। खनालको हात भाँचिएको र बि. क. को टाउकोमा चोट लागेको छ ।
प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको र गर्दा घाइतेको उपचारको निम्ति प्रहरी कार्यालयको गाडीमा जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याईसकेको छ ।    घटनामा संलग्न फरार रहेका छन् । 
कुटपिट बाट निजहरु घाइते भएको बुझिएको छ । घटनाको खबर पाउना साथ प्रहरिको टोलि उक्त स्थानमा पुगि घाइतेलाई उपचारको निम्ति जिल्ला अस्पताल सन्धिखर्कमा ल्याई पुर्‍याएको छ । उनिहरुको अवस्था सामान्य रहेको छ । 
यस अगाडि हिजो सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ को जोगिमारेमा एमालेका कार्यकर्ता बीच एक आपसमा झडप भएको थियो । सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ को जोगिमारेका नेकपा एमालेका वार्ड कमिटी अध्यक्ष तेज प्रसाद भुसालको समुहले मध्यरातमा कमिटीका सदस्य जोगिमारेका लक्ष्मण आचार्यलाई कुट्पिट गरेका थिए । चुनावको बिषयलाई लिएर एक आपसमा झगडा भएको थियो । झगडाले उग्र रुप लिदा तेज प्रसाद भुसालको ४,५ जनाको समुहले लक्ष्मण समुहलाई कुटपिट गरेका थिए ।  
अर्घाखाँचीमा  पूर्णसुरक्षा व्यवस्था 
उता मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले भोली बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले पूर्णसुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न पनि मतदातालाई अपिल गरेको छ ।
यस्तै, अपांगता, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिइ मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदाता परिचयपत्र लिन असमर्थ मतदाताले नागरिकता वा कुनैपनि मान्यताप्राप्त सरकारी परिचयपत्र लिएर मतदान गर्न पाउने व्यवस्था गरेको छ । यस्तै जिल्लाभर  भोली बिहिबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदान हुँदैछ ।
यस्तै अर्घाखाँचीभर मतदातालाई कुनै समस्या परेमा प्रमुख जिल्ला अधिकारी ९८५७००७७७७, प्रहरी नायब उपरीक्षक ९८५७००५५५५,सेना ९८५७०६६४७३,सशस्त्र ९८५१२५९८९४ लाई स्संपर्क गर्न सकिनेछ ।
मुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार जिल्लाको सम्पुर्ण स्थानमा शान्ती सुरक्षाको अबस्था चुस्त दुरुस्त भएको र कसैलाई केहि अप्ठ्यारो परेमा १५ मिनेटमा सुरक्षाकर्मिको टोली आइपुग्ने बताएका छन् ।   

आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक
भोली बिहीवार हुने दोश्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि अर्घाखाँची जिल्लामा  आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार भोली बिहान ७ बजे मतदान सुरु हुने भएपनि आज मध्य-रातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउनेछन् । 
आज मध्य -रातीदेखि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने भएपनि आयोगबाट पास लिएका र अत्यावश्यक सेवाका साधन भने चल्न दिइने प्रशासनले बताएको छ । 
भोली साँझ मतदानपछि पनि मतपेटिका सुरक्षित रूपमा केन्द्रमा पुर्‍याउने सहितका काम बाँकी रहने हुँदा भोली साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 
यस्तै जिल्लाभर  बिहिबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदान हुँदैछ ।              
जिल्लाका ९३ मतदानस्थलका एक सय ७४ मतदान केन्द्रमा १३ सय ९९ कर्मचारी खटिएका छन् । 
एउटा मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी र दुईजना सहयोगीसहित आठ जनाको कर्मचारी हुन्छ । मतदान केन्द्र सुरक्षाको लागि तीन घेरामा सुरक्षाकर्मी तैनाथ छन् ।  

अन्य समाचारहरु