अर्घाखाँचीका विभिन्न ठाउँमा निर्वाचनको पुर्व सन्ध्यामा बम बिष्फोट, मतदाताद्दारा असुरक्षित महसुस


अर्घाखाँचीडट्कम संवाददाता
अर्घातोष, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न ठाउँमा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पुर्व सन्ध्यामा बिहीवार राती बम बिष्फोट गराइएका छन् । प्रहरी उक्त क्षेत्रमा परिचालन भईसकेको छ ।  

अर्घातोष – भगवतीमा बिष्फोट
बिहीवार  साँझ ८ बजेर २८ मिनेट जाँदा एक्कासी बम बिष्फोटको घटना भएपछि स्थानीय त्रसित बनेका छन् |  बिष्फोटको ठुलो आवाज सुनेपछि स्थानीयहरू निकै असुरक्षित महसुस गरेका छन् । 
केहि दिन यता छत्रदेब गाउँपालिका सबै ठाउँहरुमा सुरक्षा व्यवस्ठा मझबुद बनाइएता पनि आज चुनावको पुर्व सन्ध्यामा एक्कासी बम बिष्फोट हो । प्रहरी टोलीलाई गस्तिमै खटाइएको छ, बिष्फोट कहाँ र कसले गरायो भन्ने बिषयमा अनुसन्धान भैईरहेको र केहि मानबिय तथा भौतिक क्षती भए नभएको कतैबाट जनाकारी नआएको भन्दै अर्घातोष प्रहरी चौकीका इन्चार्ज (असई) जित बहादुर घर्तीले अर्घाखाँचीडट्कमलाई जानकारी दिएका छन् ।
सिमलपानी  र हंसपुर-गोखुङामा बिष्फोट
यस्तै निर्वाचनको पुर्व सन्ध्यामा  शितगंगा नगरपालिकाको सिमलपानी पाकुमा र मालारानी गाउँपालिकाको हंसपुर-गोखुङा रागामारेमा बिहीवार मध्यरातमा बम बिष्फोट भएका छन् ।   
सिमलपानी पाकुमा बम बिष्फोट भएपछि स्थानीय त्रसितमा रहेका छन् । स्थानियबासीका अनुसार बिष्फोटको आवाज १० बजेको आसपासमा भएको थियो । 
साथै हंसपुर- गोखुङामा पर्ने रागामारेमा बम बिष्फोट भएका स्थानियबासीले बताएका छन् । बिष्फोट ९ बजेको आसपासमा भएको थियो । 
बम बिष्फोटबाट कुनै मानविय तथा भौतिक क्षति भएको छैन् । 
यस अगाडि चुनावका बेला आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै नेपाल कम्युनिस्ट पार्टीका (विप्लप) दर्जन बढी नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ । 
अर्घाखाँचीमा ३ हजार सुरक्षाकर्मी परिचालन , निर्वाचन विरोधी गतिविधि भए सुरक्षाकर्मीले गोली ठोक्ने 
सुरक्षाको लागि जिल्लामा ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।  यस्तै सुरक्षा संवेदनशिलता रहेका क्षेत्रमा थप सुरक्षाबल परिचालन गरिएको छ । साथै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य रहेको बताउँदै निर्वाचनलाई असर पार्ने गतिविधि गरेर स्थिति गम्भीर बनाउन खोज्ने जो कोहीलाई सुरक्षा कर्मिले गोली ठोक्न पाउने अधिकार कानुनमा उल्लेख रहेको बताउनु भएको छ । 
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन जिल्लाभर म्यादी,जनपथ,सशस्त्र प्रहरी र नेपाली सेना लगायतका पर्याप्त सुरक्षाकर्मिको परिचालन गरिएको भुसालले बताए ।  साथै सुरक्षा चुनौती तपिएको खन्डमा थप सुरक्षा आवश्यक भएमा पन्ध्र मिनटमै सम्बन्धित क्षेत्रमा आवश्यक थप सुरक्षाबल पुग्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । 
जिल्लाका ९३ मतदानस्थलका एक सय ७४ मतदान केन्द्रमा १३ सय ९९ कर्मचारी खटिएका छन् । 
एउटा मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी र दुईजना सहयोगीसहित आठ जनाको कर्मचारी हुन्छ । मतदान केन्द्र सुरक्षाको लागि तीन घेरामा सुरक्षाकर्मी तैनाथ छन् ।  
उता मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले  निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले पूर्णसुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न पनि मतदातालाई अपिल गरेको छ ।
यस्तै, अपांगता, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिइ मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदाता परिचयपत्र लिन असमर्थ मतदाताले नागरिकता वा कुनैपनि मान्यताप्राप्त सरकारी परिचयपत्र लिएर मतदान गर्न पाउने व्यवस्था गरेको छ । यस्तै जिल्लाभर  अाज  बिहिबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदान हुँदैछ ।
यस्तै अर्घाखाँचीभर मतदातालाई कुनै समस्या परेमा प्रमुख जिल्ला अधिकारी ९८५७००७७७७, प्रहरी नायब उपरीक्षक ९८५७००५५५५,सेना ९८५७०६६४७३,सशस्त्र ९८५१२५९८९४ लाई स्संपर्क गर्न सकिनेछ ।
मुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार जिल्लाको सम्पुर्ण स्थानमा शान्ती सुरक्षाको अबस्था चुस्त दुरुस्त भएको र कसैलाई केहि अप्ठ्यारो परेमा १५ मिनेटमा सुरक्षाकर्मिको टोली आइपुग्ने बताएका छन् ।   
आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक
अाज  बिहीवार हुने दोश्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि अर्घाखाँची जिल्लामा  आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार अाज बिहान ७ बजे मतदान सुरु हुने भएपनि  मध्य-रातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउनेछन् । 
मध्य -रातीदेखि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने भएपनि आयोगबाट पास लिएका र अत्यावश्यक सेवाका साधन भने चल्न दिइने प्रशासनले बताएको छ । 
अाज साँझ मतदानपछि पनि मतपेटिका सुरक्षित रूपमा केन्द्रमा पुर्‍याउने सहितका काम बाँकी रहने हुँदा अाज साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 
यस्तै जिल्लाभर  अाज बिहिबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदान हुँदैछ ।         

अन्य समाचारहरु