अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ का एक युवाको करेन्ट लागेर मृत्यु भएकाे छ ।
फुदवाङ तल सेरा (नरपानी) का श्याम बहादुर मुखियाका ३१ वर्षिया छोरा अर्जुन मुखियाको शुक्रबार बिहान अाफ्नै फर्निचरमा काम गरिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएकाे हो ।
उनलाई तत्काल अस्पताल लैजाने प्रयास गरिएको थियो ।