अर्घामा अचेत अवस्थामा भेटिएका रामबहादुर बिकको भैरहवामा अस्पतालले उपचार गर्न नमानेपछि निधन (भिडियो सहित)
मंसिर २३ गते, २०७४ मा प्रकाशित
(पहिलो प्रकासित मिती: २०७४ मसिर २२, शुक्रवार)
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -९ अर्घामा अचेत अवस्थामा भेटिएका एक व्यक्तिको उपचार हुन नसक्दा मृत्यु भएको छ । अर्घाका रामबहादुर बिकलाई भैरहवा मेडिकल कलेजले डाक्टर छैनन्, सिटीस्क्रीन डाक्टर छैनन् भन्दै उपचार गर्न नमाने पछि भैरहवाबाट उपचार गरि घर तर्फ ल्याउदै गर्दा बिच बाटोमै निधन भएको हो ।
अर्घाका रामबहादुर बिक भिरबाट करिब -५०० मिटर तल खस्दा अचेत अवस्थामा भेटिएका थिए । उनलाईलाई अचेत अवस्थामा पानी लिन जाने स्थानियबासीहरुले उद्वार गरि जिल्ला अस्पताल अर्घाखाँचीमा सामान्य उपचार पछि भैरहवा मेडिकल कलेज रिफर गरिएको थियो ।
उनी निर्वाचनमा अर्घा रजस्थल मा. बि. रहिसचौर केन्द्रमा मतदान गरि घर फर्कने क्रममा बाटोमा लडेर घाइते भएका थिए ।