अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सदरमुकाम सन्धिखर्कको टुडिखेल स्थित सभाहलमा कडा सुरक्षाका साथ जारी छ ।
राती १० बजे सम्मको मत गणना परिणाम अनुसार प्रदेश सभा क्षेत्र नम्बर-१ – नेकपा एमाले (बामगठबन्धन ) १२३५ – नेपाली कांग्रेस – १०७७ र प्रदेश सभा क्षेत्र नम्बर-२ – नेकपा एमाले (बामगठबन्धन ) १५४६ – नेपाली कांग्रेस – १०७४ -नेकपा माले – २४ नेपाल मजदुर किसान पार्टी – ४४ नयाँ शक्ति पार्टी नेपाल – १२ – बदर – १०५ रहेको छ ।
चेतनारायण आचार्यको बिष्णु खनाल भन्दा १४८ मतले अग्रता रहेको छ । यस्तै रामजी घिमिरेको हिम्मत टण्डन भन्दा ४८१ मतले अग्रता रहेको छ ।
चुनावी प्रतिस्पर्दामा उत्रिएका उम्मेदवारहरुको विवरण :-
प्रतिनिधि सभा
(१) टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन)
(२)डा. राम बहादुर बि.सी (नेपाली कांग्रेस )
(३)भोजराज दमासे ( एकीकृत रा. प्र. पा. राष्ट्रवादी)
(४) छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल )
(५) बिष्णु प्रसाद मिश्र ( विबेकशिल साझा पार्टी )
(६) बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन )
(७) डिल्लीराज भुसाल ( स्वतन्त्र )
प्रदेश सभा क्षेत्र नम्बर १
(१) बिष्णु प्रसाद खनाल ( नेपाली कांग्रेस )
(२) चेतनारायण आचार्य ( नेकपा एमाले )
(३) गोकर्ण बहादुर थापा क्षेत्री ( नयाँ शक्ति पार्टी )
(४) हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी )
प्रदेश सभा क्षेत्र नम्बर-२
(१) हिम्मत बहादुर टण्डन( नेपाली कांग्रेस )
(२) रामजी प्रसाद घिमिरे ( नेकपा एमाले )
(३) बिना सुनार (नेकपा माले )
(४) गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी )
(५) टुकमान हिताङ (मनिष सिंह) (नयाँ शक्ति पार्टी नेपाल )