अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा मतगणना जारी, बामगठबन्धन एमालेको अग्रता

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सदरमुकाम सन्धिखर्कको टुडिखेल स्थित सभाहलमा कडा सुरक्षाका साथ जारी छ । 
विहान ११:३० बजे सम्मको मत गणना  परिणाम अनुसार प्रदेश सभा क्षेत्र नम्बर-१  नेकपा एमाले (बामगठबन्धन ) ९२७४ – नेपाली कांग्रेस – ५४७६ – नयाँ शक्ति पार्टी – ११७ – बिबेकशिल साझा पार्टी – ८९ – बदर – ५१९ र  प्रदेश सभा क्षेत्र नम्बर-२  – नेकपा एमाले (बामगठबन्धन ) १११५० – नेपाली कांग्रेस – ८०६३ -नेकपा माले – २८५ नेपाल मजदुर किसान पार्टी – ५२ नयाँ शक्ति पार्टी नेपाल – ७९ – बदर – ६०३ रहेको छ । 
चेतनारायण आचार्यको  बिष्णु खनाल भन्दा ३,७९८ मतले अग्रता रहेको छ । यस्तै रामजी घिमिरेको  हिम्मत टण्डन भन्दा ३,०८७ मतले अग्रता रहेको छ । 
चुनावी  प्रतिस्पर्दामा उत्रिएका  उम्मेदवारहरुको विवरण :-
प्रतिनिधि सभा
(१) टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन)
(२)डा. राम बहादुर बि.सी (नेपाली कांग्रेस )
(३)भोजराज दमासे ( एकीकृत रा. प्र. पा. राष्ट्रवादी)
(४) छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल )
(५) बिष्णु प्रसाद मिश्र ( विबेकशिल साझा पार्टी )
(६) बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन )
(७) डिल्लीराज भुसाल ( स्वतन्त्र )
प्रदेश सभा क्षेत्र नम्बर १
(१) बिष्णु प्रसाद खनाल ( नेपाली कांग्रेस )
(२) चेतनारायण आचार्य ( नेकपा एमाले )
(३) गोकर्ण बहादुर थापा क्षेत्री ( नयाँ शक्ति पार्टी )
(४) हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी )
प्रदेश सभा क्षेत्र नम्बर-२
(१) हिम्मत बहादुर टण्डन( नेपाली कांग्रेस )
(२) रामजी प्रसाद घिमिरे ( नेकपा एमाले )
(३) बिना सुनार (नेकपा  माले )
(४) गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी )
(५) टुकमान हिताङ (मनिष सिंह) (नयाँ शक्ति पार्टी नेपाल )