अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन (नेकपा माओवादी केन्द्र)बाट प्रतिनिधि सभा सदस्यमा टोप बहादुर रायमाझी विजयी भएका छन् ।
रायमाझीले  कांग्रेसका उम्मेदवार डा. राम बहादुर बि.सीलाई १८,२९३ मन्तारले जितेका हुन् ।
गणना अनुसार वाम गठबन्धनका उम्मेदवार रायमाझीले ५०८३७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बि.सीले ३२,५४४ मत पाएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर विसीलाई द्रोसो पटक पनी पराजय गरे
डा. वि.सी २०७० सालमा झिनो मतान्तरले पराजय हुदैँ रायमाझीले जित हात पारेका थिए, अहिले पनि रायमाझीले विसीलाई नै भारी मतान्तर सहित पराजय गरे । पटकपटक मन्त्री तथा एकपटक उपप्रधानमन्त्री समेत भएका रायमाझीलाई तेस्रो पटक अर्घाखाँची बासीले भारी मतले विजयी बनाए ।
२०३३ सालदेखी सक्रिय राजनितिमा रहेका विसी द्रोसो पटक पनी रायमाझीसँग नै चुनावी मैदानमा थिए, २०७० मा झिनो मतले हारेका विसी अहिले धेरैको मतान्तरले पराजय भए ।
टोप बहादुर रायमाझीको बारेमा
२०१७ सालको कात्तिकमा अर्घाखाँचीको अर्घा फलेपतमा जन्मिएका नेता रायमाझीले माध्यामिक तहसम्मको शिक्षा जनज्योति मावि अर्घाखाँचीबाट पूरा गर्नुभएको हो ।
काठमाडौंको अमृत साइन्स क्याम्पसबाट विज्ञान विषयमा स्नातक गरेका नेता रायमाझीले २०३४ सालदेखि कम्युनिष्ट राजनीति थाल्नुभएको हो । २०५२ सालदेखि भएको सशस्त्र युद्धमा नेता रायमाझी लडाकु नेता रायमाझीले ५ वर्ष भूमिगत र २ वर्ष बन्दी जीवन बिताउनुभएको छ ।
२०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा उहाँ अर्घाखाँची १ बाट सांसद बन्नुभएको थियो । उहाँ २०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि विजयी हुनुभएको थियो ।
माओवादीका प्रभावशाली नेता समेत रहेका रायमाझीले २०३० सालमा विद्यार्थी आन्दोलनमा भुमिका खेलेका युवा संघको केन्द्रीय अध्यक्ष, पार्टीको पोलिटव्युरो, स्थायी कमीटी सदस्य हुदैँ केन्द्रीय सचिव सम्म भएुर काम गरे । नेपाल सरकारको विभिन्न मन्त्रालयमा ४ पटक मन्त्री भएर काम गरेका रायमाझी ओली सरकारमा उपप्रधानमन्त्री तथा उर्जा मन्त्री भएर काम गरे ।