त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला

अर्घाखाँचीका बेपत्ता मध्ये दाँयाबाट क्रमश:- मनिषा थापा, नबराज बन्जाडे, दुर्गा बहादुर कार्की र हुमकला रागु मगर ।
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको चुम्लिङमा गत म‌सिर १३ गते बुधबार काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको यात्रु बसलाई ट्रक ठक्कर दिदा भएको दुर्घटनामा परि बेपत्ता भएका अर्घाखाँचीका ४ जना मध्ये फेरि एक जनाको शब फेला परेको छ । 
घटना भएको १३ दिनपछि मालारानी गाउँपालिका ५ कार्कीटोला बागीका दुर्गा बहादुर कार्कीको शब फेला परेको हो । यस अघि  म‌सिर २३ गते शनिवार २ जना भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ साविक (धारापानी-७)का २२ वर्षिय नवराज बन्जाडे र सन्धिखर्क १ कि मनिषा थापाको शब फेला परेको थियो । 
अझै घटनामा बेपत्ता हुनेहरुमा भुमिकास्थान – ७ सलेन्धाराकी हुमकला रागु मगर, यस्तै अन्य जिल्लामा रुपेन्देहीको सैनामैना नगरपालिका, बासगढीका शंकर कुवर, नवलपरासी गैंडाकोट १३ का बिकास रेग्मी र कोपिला पोख्रेल रहेका छन् । उनिहरुको अझैसम्म खोजीकार्य जारी छ । 
दुर्घटनामा परि ८ जनाको मृत्‍यु, २२ जना घाइते भएका थिए । 
चालक दलका सदस्यसहित ३२ यात्रु लिएर काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको लु२ख २९१ नम्बरको यात्रु बसलाई मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ना६ख ४९७२ नम्बरको ट्रकले ठक्कर दिएको र ट्रकको ठक्करबाट रन्थनिएको बस एकैचोटी त्रिशूलीमा पुगेको थियो ।
दुर्घट्नामा सन्धिखर्क नगरपालिका ८ किमडाँडाकी ४३ वर्षिया लक्ष्मी पौडेल(बीएण्डबीमा ज्यान गुमाउनेमा), मालारानी ८ का वर्ष ५२ का नुदराज अधिकारी, मालारानी ५ का वर्ष ३०,३२ का बिष्णु टन्डन, वाङ्ला, अर्घाखाँचीका हाल कपिल्बस्तुका वर्ष ३९ का ओम बहादुर सिजापती, दैलेखका वर्ष ३२ का अम्मर बहादुर शाही, बर्दघाट नवलपरासी वर्ष ५० का कृष्ण ढकाल,  देवदह, रुपेन्देही वर्ष ३० का दिपक पाण्डे र सनाखत हुन नसकेको एक जनाको मृत्‍यु भएको थियो ।
सम्बन्धित समाचार: