अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ जना प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेद्वारको जमानत जफत भएको छ ।
जमानत जफत हुनेमा छन्द बहादुर पन्थी, नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टी,एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी),मंगोल नेशनल अर्गनाइजेसन, डिल्लीराज भुसाल स्वतन्त्र रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार खसेको सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्थ्यो। अर्घाखाँचीमा कुल मतदाता संख्या १,३८,३२८ मा खसेको मत संख्या ८९,२४० मा १०% गर्दा ८९२४ हुन आउन्छ ।
छन्द बहादुर पन्थी, नयाँ शक्ति पार्टी नेपाल ५८०, विष्णु प्रसाद मिश्र पुरुष विवेकशील साझा पार्टी ४८०, भोजराज दमासेएकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) १७८, बिष्णु कुमार गुरुङ्ग पुरुष मंगोल नेशनल अर्गनाइजेसन १३७, डिल्लीराज भुसाल पुरुष स्वतन्त्र १३६ रहेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ।
टोप बहादुर रायमाझी बाम गठबन्धन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ५०८३७ मल ल्याएर विजयी भएका थिए र उनका निकटतम प्रतिद्वन्द्वी डा. राम बहादुर वि.सी. पुरुष नेपाली काँग्रेस ३२५४४ ल्याएका थिए ।
सम्बन्धित पुरानो समाचार: