अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश सभा क्षेत्र नुम्बर १, २ का ५ जना प्रदेश सभा उम्मेद्वारको जमानत जफत भएको छ ।
जमानत जफत हुनेमा प्रदेश सभा क्षेत्र नुम्बर १ मा नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टी, यस्तै प्रदेश सभा क्षेत्र नुम्बर २ मा नयाँ शक्ति पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल मजदुर किसान पार्टी रहेका छन् ।
राष्ट्रिय जनमोर्चाका दुबै क्षेत्रका उम्मेद्वारले बाम गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस लाई समर्थन गरेका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार खसेको सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्थ्यो। अर्घाखाँचीमा कुल मतदाता संख्या १,३८,३२८ मा खसेको मत संख्या ८९,२४० मा १०% गर्दा ८९२४ हुन आउन्छ ।
जमानत जफत हुनेमा प्रदेश सभा क्षेत्र नुम्बर १ मा हरी प्रसाद भुसाल विवेकशील साझा पार्टी ३०५ र गोकर्ण बहादुर थापा क्षेत्री नयाँ शक्ति पार्टी नेपाल ३०० रहेका छन् यस्तै प्रदेश सभा क्षेत्र नुम्बर २ मा विना सुनार नेपाल कम्युनिष्ट पार्टी (माले) ७२३, टुकमान हिताङ्ग नयाँ शक्ति पार्टी नेपाल २०७, गणेश पौडेल नेपाल मजदुर किसान पार्टी ६२ रहेका छन् ।
प्रदेश सभा क्षेत्र नुम्बर १ मा चेत नारायण आचार्य बाम गठबन्धन नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २४७५१ मत लिएर विजयी भएका थिए । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी विष्णु प्रसाद खनाल नेपाली काँग्रेस १४१३७ ल्याएका थिए । साथै प्रदेश सभा क्षेत्र नुम्बर २ मा रामजी प्रसाद घिमिरे नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २६१५९ मत लिएर विजयी भएका थिए । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी हिम्मत बहादुर टण्डन (क्षेत्री)ले नेपाली काँग्रेस १७२३३ ल्याएका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ।