अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक भईरहेको बेला जिल्लाको तेस्रो राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चाबाट समानुपातिकमा आधा भन्दा धेरै मत एमालेको सूर्य र माओवादी केन्द्रको गोलाकारभित्र हसिया हथौडा परेको देखिएको छ ।
अर्घाखाँचीडट्कमले जिल्लाका धारापानी, नुवाकोट, खिल्जी, असुरकोट, ढाकावाङ र सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा समर्थक ३०० मतदातालाई सोध्दा २३६ जनाले प्रत्यक्ष र समानुपातिक तर्फका प्रतिनिधि, प्रदेश सभाका सबै मतपत्रका सूर्य र गोलाकारभित्र हसिया हथौडामा भोट्  हालेको बताए । त्यसमध्ये १४३ जनाले सुर्य र ९३ जनाले हसिया हथौडा भोट् हालेको बताए । साथै ६४ जनाले मात्र राष्ट्रिय जनमोर्चाको गिलासमा भोट् हालेको बताए ।  
उनिहरु मध्ये सबै २३६ जनाले आफुहरुलाई पार्टीबाट मसालले उम्मेद्द्वार फिर्ता लिएको अब सबैले सुर्य र गोलाकारभित्र हसिया हथौडा भोट् हाल्न पर्ने हल्लाका आधारमा एमाले र माओवादी केन्द्रलाई भोट् हालेको बताए । 
राष्ट्रिय जनमोर्चाले चुनावको मौन अवधि २ दिन अगाडि म‌सिर १९, मंगलवार  आफ्ना सम्पुर्ण उम्मेदवार फिर्ता लिई बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेद्द्वार टोप बहादुर रायमाझी, प्रदेश सभा क्षेत्र नम्बर १ का चेतनारायण आचार्य ( नेकपा एमाले ) र प्रदेश सभा क्षेत्र नम्बर २ का रामजी प्रसाद घिमिरे ( नेकपा एमाले ) लाई सघाउने निर्यण गरेको थियो । चुनावको मौन अवधि म‌सिर १९, मंगलवारको दिन ३ दल बीच सहमती भएपनि मौन अवधिमा प्रचार गर्न निषेध गरिएको हुँदा २०७४ म‌सिर १८, सोमवारको मिती राखेर चुनावमा तालमेल भएको सहमतीको प्रेस विज्ञप्ती जारी गरेका थिए । 
राष्ट्रिय जनमोर्चाले चुनावको अघिल्लो दिन गरेको सहमती बारेमा  समानुपातिकतर्फ कसलाई भोट् गर्ने भन्ने प्रष्ट नहुँदा वा पुर्ण जानकारी नहुँदा मतदाता अलमलमा परेको देखिन्छ । 
उता समानुपातिकतर्फ प्रतिनिधि सभाको मतगणना अनुसार एमाले अगाडि भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य ३०४१७, नेपाली काँग्रेस रुख २८३६९ , माओवादी केन्द्र गोलाकारभित्र हसिया हथौडा १४९६२ र राष्ट्रिय जनमोर्चा गिलासले ४७७१ ल्याएका छन् । 
यस्तै उता समानुपातिकतर्फ प्रदेश सभाको मतगणना अनुसार एमाले अगाडि भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य २९८६७,  नेपाली काँग्रेस रुख २६९८२,  माओवादी केन्द्र गोलाकारभित्र हसिया हथौडा १४३२१  र राष्ट्रिय जनमोर्चा गिलासले ४९११ ल्याएका छन् । 
मौन अवधिमा गरेको सहमती यस्तो छ-