धनचाैरमा पुर्ण सरसफाइ तथा व्यवहार परिवर्तन सम्बन्धि तालिम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं १० धनचाैरमा पुर्ण सरसफाइ  तथा व्यवहार परिवर्तन सम्बन्धि तालिम सम्पन्न भएको छ । 
 
शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र बाल क्लबका सदस्यहरूकाे लागि पुर्ण सरसफाइ  तथा व्यवहार परिवर्तन सम्बन्धि तालिम अाज धनचाैरमा सञ्चालन गरिएको हो। 
जनजागृती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव रेग्मीकाे अध्यक्षतामा युएन ह्याविटाटका जिल्ला संयाेजक बिष्णु दवाडी प्रमुख अतिथि, जिशिकाका स्राेत ब्यक्ति जेदुप्रसाद खनाल विशेष अतिथि, प्रागका कार्यक्रम संयाेजक भविश्वर पाैडेल र वास अफिसर श्यामसुन्दर ढुंगाना लगायतको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । तालिममा ३३ जनाको सहभागीता रहेका थिए । 
सहभागीले पाैष २० गते सम्ममा घरमा भाडा माझ्ने जुठेल्ना चाङ र टुटी भएकाे भाडाे राखि सक्ने निर्णय गरेका छन् । यस्तै शैक्षिक क्षेत्रकाे समाज परिवर्तनमा अहम् भूमिका पुर्ण सरसफाइ अभियानमा विगतमा झै महत्त्वपूर्ण भुमिका खेल्न अावश्यक रहेको सहभागीले बताएका थिए ।  
पुर्ण सरसफाइमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।