किमडाँडाको लमलमे आपखोलामा बाटो खन्ने कार्य सम्पन्न (तस्बिर सहित)

युवराज थापा 
आपखोला, अर्घाखाँची (अर्घाखाँचीड्टकम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -८ किमडाँडा आपखोलाको लमलमेमा नेकपा एमालेको तर्फबाट  नवनिर्वाचित उम्मेदवार नारायण अर्यालको पहलमा अहिलेसम्म खोल्न न सकियेको मोटर बाटो खोल्न सफल भएका छ्न । 
उक्त बाटो सम्पन्न गर्नका लागि यस अघि २-२ वाटा JCB दिनौ प्रयोग गरेता पनि चट्याङ नै चट्याङ भयेको कारण  आपखोला लमलमेको मोटर बाटो अहिलेसम्म सम्पन्न हुन बाट रोकिएको थियो । तर आज नारायण अर्यालको पहलमा आएको JCB ले JCB चालक तिलक ठाडा मगरको साहासिलो हिम्मतको कारण ढुङ्गा नै ढुङ्गाले रहेको पहाडलाई JCB को सायाताले फोर्न सफल भयी- २५० मिटर लामो बाटो खोलिदिएका छ्न ।
 JCB को नेतृत्व कृष्ण खत्रीले गर्नु भएको थियो भने सह चालक अभिषेक मगरले पनि २५०”-मिटर लामो  बाटो सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका खेल्नु भएको थियो ।
बर्षौ देखि खोल्न नसकेको मोटर बाटो आज नारायण अर्याल र JCB चालक तिलक थाडा मगर सह चालक  अभिषेक मगर र JCB को नेतृत्व गरेर आउनु भएका कृष्ण खत्रीको महान हिम्मतले उक्त बाटो सम्पन्न गरेर छाड्नु भएको छ ।
उक्त बाटो आज सम्पन्न भए लगत्तै लमलमे वासिहरु एकदमै खुशि र हर्षित भयेका छ्न !सोही बाटो  खन्ने कार्य सम्पन्न भयेको उपलक्ष्यमा स्थानीय वासी हर्षित हुँदै नारायण अर्याल ,कृष्ण खत्री ,चालक तिलक मगर सह चालक अभिषेक मगरलाई पैसाको फुलमाला र अभिरका साथ सम्मान गर्दै बिदाइ दिएका थिए ।
अहिलेसम्म कुनै JCB  ले खोल्न न सकेको लमलमेको २५० मिटर मोटरबाटो युनिक कन्ट्र्कस्नको JCB  ले आज बाटो खोल्ने कार्य सम्पन्न गरेको छ ।