अर्घाखाँचीडट्कम संवाददाता
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १० धनचौरमा सञ्चालन भएकाे वार्ड नं स्तरीय पुर्ण सरसफाइ र यससँग अन्तरसम्बन्धित बिषयहरू र महिनावारी हुँदाकाे सरसफाइसम्बन्धी तालिमका सहभागीले अबदेखि महिनावारी हुनुमा गर्व गर्ने, यसकाे बारेमा खुलेर कुरा गर्ने र अाफ्नाे परिवार, बिद्यालय, सहकारी संस्था, स्वस्थ अामा समूह र समुदायमा महिनावारी विषयमा बताउने सपथ खाएका छन् ।
साथै उनिहरूले पुर्ण सरसफाइका सुचकहरू जस्तै भाडा माझ्ने जुठेल्ना, भाडा सुकाउने चाङ निर्माण गर्ने, टुटीभएकाे पानीको भाडा राख्ने, फाेहाेर बर्गीकरण गर्ने र प्लाष्टिक र सिसाजन्य फाेहाेरकाे उचित व्यवस्थापन गर्ने, साबुनपानीले हात धुने बानी बसाल्ने लगायतका कार्यमा लाग्ने र वडालाई सफा र स्वच्छ तथा पुर्ण सरसफाइ उन्मुख बनाउन तन, मन र बचनले लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।
ग्लाेबल सेनिटेसन फण्ड/यु एन ह्याविटाटकाे अार्थिक तथा प्राविधिक सहयाेगमा प्रकाश सचेतन समूह ( प्राग) काे सहजीकरणमा वडा स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिकाे अायाेजनामा सञ्चालन गरिएकाे तालिममा वडा भित्रका सबै महिला स्वास्थ्य स्वयंसेवकहरू, शिक्षिकाहरू, स्वस्थ्य अामा समूह, महिला सहकारी र किशोरी छात्रा सहित ३२ जना सहभागी थिए ।
तालिमको उद्घाटन वडा अध्यक्ष तथा प्रमुख अतिथि खगेश्वर पन्थीले गर्नु भएकाे थियाे । उद्घाटन पछि उहाँले पुर्ण सरसफाइ अभियानमा सबै लाग्नु पर्नेमा जाेड दिदै अब छिट्टै वडाकाे वास याेजना तयार पारेर अगाडि बढ्ने याेजना रहेकाे जानकारी गराउनु भएको थियोे ।
प्रमुख प्रशिक्षक यु एन हयाविटाटका जिल्ला संयाेजक बिष्णु दवाडीले तालिमकाे उदेश्य सम्बन्धमा प्रकाश पार्दै नेपाल सरकारले पुर्ण सरसफाइ मार्ग दर्शन बैशाखमा जारी गरी सन २०३० सम्ममा नेपाललाई नै पुर्ण सरसफाइ उन्मुख बनाउने राष्ट्रिय लक्ष्य लिएको सन्दर्भमा अब ढिलो नगरी अर्घाखाँची जिल्लाका सबै क्षेत्र अभियानमा लाग्नु पर्नेमा जाेड दिनु भएकाे थियाे ।
तालिमको सहजीकरण तालिमका अध्यक्ष, एवं हेपाे ईन्चार्ज शिव जिसी, जिल्ला संयाेजक विष्णु दवाडी र प्रागका वास अफिसर श्यामसुन्दर ढुंगाना लगायतले गर्नु भएकाे थियाे भने कार्यक्रम सञ्चालन पुर्ण सरसफाइ सहजकर्ता ईश्वरा गैरेले गर्नु भएकाे थियाे ।