अर्घाखाँची -काठमाडौ सम्पर्क मन्चद्दारा निर्वाचित सांसदहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

दिपक भुसाल 
काठमाडौं पुस ८ । अर्घाखाँची -काठमाडौ सम्पर्क मन्च र अर्घाखाँची संघीय जन – सम्पर्क मन्चको संयुक्त आयोजनामा अर्घाखाँची जिल्लाका निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि एमाओवादी नेता पफा भुसाल थिइन भने कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझीले सम्पुर्ण जिल्लाको बिकास रातदिन नभनि लाग्ने र हिजो बिहान चुनावको बेला जनता संग वाचा गरेका कुरालाई पुरा गर्न प्रतिबध्यता ज़ाहेर गरेका थिए । 
कार्यक्रम बोल्दै र प्रदेश सभा सदस्य चेतनारायण आचार्य र रामजी घिमीरेले जिल्लालाई बिकासको नमुना जिल्ला बनाउने साथै हिजो बिहान चुनावको बेला जनतासंग गरेका वाचाहरु पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ।
साथै काठमाडौं बस्ने जिल्लाबासीहरुको हाम्रो जितमा ठुलो योगदान रहेको र यो योगदानलाई सम्मान गर्दे धन्यवाद दिनु भएको थियो । 
कार्यक्रम केहि ढिला आई पुगनु भएकी प्रमुख अथिति भुसालले जिल्लाको छोरी भएको नातले अर्घाखाँची जिल्लाको बिकासको लागि बिजय उमेदवारहरुसंग सहकार्य गदै आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न बताईन् । कार्यक्रममा जिल्लाबाट काठमाडौं बस्नेको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।