अर्घाखाँचीडट्कम-
समुद्र आफ्नो उत्कर्षमा आयो भने कतिसम्म विनाश गर्न सक्छ भन्ने कुरा दक्षिण एशियामा गएको सुनामी आँधिले देखाइसकेको छ । आज २६ डिसेम्बर। आजभन्दा ठिक १३ वर्ष अगाडि प्रकृतिले यस्तो विनाशलीला मच्चाएको थियो । आजकै दिन २००४ को डिसेम्बर २६ मा यस्तो दर्दनाक घटना भएको थियो ।
त्यस दिन इण्डोनेशियाको सुमात्रा टापु ९.१९ रेक्टर स्केलको भूकम्पका कारण हिन्द महासागरमा भयानक सुनामी आयो । समुद्रका यी लहरले इण्डोनेशियासहित भारत, बंगलादेश, थाइल्याण्ड, श्रीलंका, म्यानमार, मेडागास्कर, माल्दिभ्स, मलेशिया, सेशेल्स, सोमालिया तान्जानिया र केन्यामा ठूलो विनाश मच्चाएका थिए । इण्डोनेशिया र थाइल्याण्डमा समुद्रका लहर १०० फिटभन्दा अग्ला थिए जसले कैयौं शहर बर्बाद गरिदिए । सबैभन्दा ठूलो क्षति इण्डोनेशियामा भएको थियो ।
यो भयानक प्राकृतिक प्रकोपमा अढाइ लाखभन्दा धेरैको ज्यान गएको थियो । १८ लाखभन्दा धेरै घरबारविहीन भएका थिए । ५० हजार बेपत्ता भएका थिए । यी देशहरुमा समुद्र किनारमा लाशहरु मात्रै छरपस्ट छरिएका थिए। यी देशहरुमा सफाइको अभियान मात्रै महिनौंसम्म चलेको थियो । लाशहरुलाई ट्रकमा भरेर ठूला ठूला खाल्डामा गाडिएको थियो।