अर्घाखाँचीडट्कम संवाददाता
बुटवल । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं ३ का अध्यक्ष जीवन चौहानको उपचारको क्रममा निधन भएको छ । भरतपुर मेडिकल कलेजमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
चौहान गत मंसिर २६ गते मंगलबार दिउँसो २:३० बजे अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देहीको सैना-मैना नगरपालिकामा पर्ने रानीबगियामा मोटरसाइकलमा सवार उनलाई दुधबोक्ने गाडीले ठक्कर दिएर घाइते भएका थिए ।
उनको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर चोट लागेकाले चौहानको टाउकाको अप्रेसन गरिएको थियो ।
दुर्घटनामा परी घाइते भएका चौहानलाई तत्काल लुम्बिनी अञ्चल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई भरतपुर मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
बाबुको पनि निधन
छोरा सडक दुर्घटनामा परेको खबर सुन्नासाथ वार्ड अध्यक्ष चौहानका साबिक खनदह ४ हाल मालारानी गाउँपालिका वडा नं. ३ गँहिली निबासी ७५ वर्षिय बाबु ८० बर्षिय तक बहादुर चौहान अचेत भएका थिए । अचेत भएका बाबुको मसिर २८ गते बिहीवार १० बजे निधन भएको थियो ।