सुचना तथा सुशासन अभियान अर्घाखाँचीको भुमिकास्थान वार्ड १ देखी ४ सम्मलाई केन्द्रित कार्यक्रम खाकबेशी खोलामा सम्पन्न

अर्घाखाँचीडट्कम सवाददाता 

ढाकावाङ्ग, अर्घाखाँची । जनताले सुचना माग्ने बानिको विकास गर्न सकेमा मुलुकमा भ्रष्टचारमा कमी आउने एक कार्यक्रमका बक्ताहरुले दाबी गरेका छन् ।
सुचना तथा सुशासन अभियान अर्घाखाँचीले भुमिकास्थानको वार्ड नम्बर १ देखी ४ सम्मलाई केन्द्रित गरि खाकबेशी खोलामा सम्पन्न गरेको सुचनाको हक सम्बन्धि अभिमुखिकरण गोष्ठीमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । राज्यका हरेक तहमा संचालित सरकारी तथा गैह्र सरकारी संस्थाहरुले  जनतासंग प्रत्यक्ष सरोकार राख्ने हुनाले आफुलाई जान्न मन लागेको सुचना कानुन संगत माग गर्न जनता डराउनु नपर्ने उनिहरुको धारणा रहेको छ ।
 कार्यक्रममा यसरी मन्तव्य राख्नेहरुमा भुमिकास्थान नगर प्रमुख रेसम थापा, शिक्षा अधिकृत मनिराम पराजुली,वार्ड नमबर १ का वार्ड अध्यक्ष भोजराज खनाल र विश्व मा.वि.ढाकावाङ्गका प्र.अ.जुमलाल खनाल हुनुहुन्थ्यो ।वार्ड नम्बर २ का वार्ड अध्यक्ष बुद्धि बहादुर थापाको अध्यक्षता,बाल शिक्षा मा.वि.ढाकावाङ्गका शिक्षक युवराज खनालको स्वागत मन्तव्य र पत्रकार गोपाल प्रसाद भट्टराईको संचालनमा सम्पन्न भएको कार्यक्रममा सि.आइ.जि.का केन्द्रिय अभियान्ता तथा जिल्ला अध्यक्ष मुक्तिनाथ भुसालले सुचनाको हक र माग्ने प्रक्रियाको रुपमा प्रस्तुती दिनुभएको थियो । 
कार्यक्रममा वार्ड सदस्यहरु चमकली सार्की,शान्ता खनाल,ओम प्रसाद वेल्वासे,एमाले नेता घन बहादुर अधिकारी,राष्ट्रिय जनमोर्चाका नेता डिल्ली वेल्वासे,सिआइजि सदस्य गंगा पाण्डे,पत्रकार जितेन्द्र खत्री,सामाजिक परिचालक खिम बहादुर राउत,शिक्षकहरु चन्द्र बहादुर के.सी.,राम प्रसाद खनाल,ढुण्डी खनाल,कृष्ण प्रसाद खनाल र मनिराम खनालको बिशेष आतिथ्यता रहेको थियो ।