विनोद गैरे
सन्धिखर्क । सम्पूर्ण स्वास्थ्य प्रयोशाला कर्मीहरुको चाहाना, गुणस्तरी जनपक्षिय तथा व्यवसायिक स्वास्थ्य प्रयोशाला स्थापना भन्ने मुल नाराका साथ मेडिकल ल्याब्रेटरी एसोसियसन एफ नेपाल (मेलान) अर्घाखाँचीको दोस्रो अर्घाखाँची जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।
मेडिकल ल्याब्रेटरी एसोसियसन एफ नेपाल (मेलान)का प्रदेश नं. ५ का सचिव रुद्रबहादुर कार्कीको प्रमुख अथित्यता र वरिष्ट ल्याव टेक्निसियन गंगा बहादुर बस्नेतको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
अधिबेशनले राज कुमार बन्जाडेको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्य समिति गठन गरेको छ जसको उपाध्यक्षमा चन्द्र बहादुर थापा, सचिव गणेश कुमार पाण्डे, सह-सचिव बसन्ता नेपाली, कोषाध्यक्ष भरत भट्टराई सदस्यहरुमा होमनाथ वि.क, मिनराज न्यौपाने, शर्मिला नेपाली, शेवक भट्टराई, इन्दिरा पौडेल, भुवन श्रेष्ठ, लिला भाट र अञ्जु के.सी रहनुभएको छ ।
नयाँ कार्य समितिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै मेडिकल ल्याब्रेटरी एसोसियसन एफ नेपाल (मेलान)का प्रदेश नं. ५ का सचिव रुद्रबहादुर कार्कीले स्वास्थ्य क्षेत्रको प्रयोगशाला अत्यान्तै सम्वेदनसिल क्षेत्र भएकोले सम्पूर्ण प्रयोशाला कर्मीहरुलाई गुणस्तरीय र भरपर्दो सेवामा लाग्न आग्रह गर्दै प्रयोगशाला सम्वन्धि विभिन्न नितीनियम तथा धारणा राख्नु भएको थियो । कार्यक्रम राजकुमार बन्जाडे सभापतित्व, भरत भट्टराईको स्वागत मन्तव्य तथा गणेश पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।